हेपाटाइटिसबारे चेतना जगाउन र्‍याली

हेपाटाइटिसबारे चेतना जगाउन र्‍याली

काठमाडौं : हेपाटाइटिसबारे सर्वसाधारणमा जनचेतना जगाउन शुक्रबार राजधानीमा र्‍यालीको आयोजना गरिएको छ । विश्व हेपटाइटिस दिवसको अवसरमा ‘हराएका हजारौंको खोजी’ मूलनाराका साथ र्‍यालीको आयोजना गरिएको थियो ।

नेपालमा पनि स्पर्श नेपाल (सोसाइटी फर पोजिटिभ एट्मोसफेयर एन्ड रिलेटेड सपोर्ट टु पिपुल लिभिङ विद एचआइभी इन नेपाल) ले नेपालिज एशोसिएसन फर द स्टडिज अफ द लिभरको सहयोगमा हेपटाइटिसबारे काम गर्दै आएको छ ।

भाइरल रोगका रुपमा रहेको हेपाटाइटिस रोगले महत्वपूर्ण अंग कलेजोलाई असर गर्ने गर्ने सन्देश ¥यालीमा दिइएको थियो । प्रत्येक वर्ष विश्व स्वास्थ्य संगठनले जुलाई २८ तारिखमा ‘विश्व हेपाटाइटिस दिवस’ मनाउँदै आएको छ ।

यसको मूल उदेश्य सन् २०३० सम्ममा हेपाटाइटिस निर्मुल पार्ने हो । ए, बि, सि, डि र ई गरी पाँच किसिमका हेपाटाइटिस छन् । यो रोग लागेमा धेरै थकाई लाग्ने, भोक नलाग्ने, पेटमा असहज हुने र छाला पहेलो हुने हुन्छ । यसको भाइरस रगत, वीर्य, योनी र र्‍यालमा पाइन्छ ।

एक तथ्यांकअनुसार, नेपालमा लगभग दुई लाख ६० हजार मानिस एचबिभी संक्रमित हुन्छन् तर पनि अधिकांश व्यक्ति संक्रमित भएकोमा अनभिज्ञ हुन्छन् । र्‍यालीमा सुई र ट्रिमरजस्ता उपकरणहरु प्रयोग नगर्ने, समयमै उपचारका लागि परीक्षण गर्ने, सुरक्षित रगतमात्र आदानप्रदान गर्नेजस्ता जानकारी दिइएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.