बिरामीलाई आएको रकम जनप्रतिनिधिको खल्तीमा

बिरामीलाई आएको रकम जनप्रतिनिधिको खल्तीमा

बेनी : एक वर्षअघि सडक विभागले म्याग्दीको तोरीपानी–ढोल्ठान सडक मर्मतका लागि ८ लाख रुपैयाँ बजेट विनियोजन ग¥यो । उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर कार्की भए । समितिले डोजर प्रयोग गरेर सडक मर्मत गर्दा, धुपीबोटमा एउटा दुर्घटना भयो । आफ्नै जग्गामा भइरहेको सडकको काम अवलोकन गर्ने क्रममा रूख ढल्दा स्थानीय ७० वर्षीय कर्णबहादुर विक गम्भीर घाइते भए । उनको ढाडै भाँच्चिएको थियो ।

प्रहरीको रोहबरमा डोजर मालिक कुविरकुमार श्रेष्ठ, उपभोक्ता समिति पदाधिकारी, पीडित विकका आफन्त र वडासदस्य भेषबहादुर सेन सम्मिलित सर्वपक्षीय बैठकले सम्पूर्ण उपचार खर्च समिति र डोजर मालिकले बेहोर्ने सहमति भयो । सोही समझदारीअनुसार विकको बेनी अस्पतालमा प्राथमिक उपचारपछि पोखरास्थित मणिपाल अस्पतालमा उपचार भयो । विक अहिले लौरोको साहरामा हिँडडुल गर्न सक्ने भएका छन् । उनै विकको उपचार र जीवनयापनका लागि भन्दै म्याग्दी उद्धार समिति बहराइनले संस्थागत र व्यक्तिगत गरी २६ हजार रुपैयाँ सहयोग संकलन ग¥यो ।

तर समितिले नेपाल पठाएको उक्त रकम पीडित विकले पाउनुपर्नेमा सडक मर्मत र उपचारका बेला व्यक्तिगत खर्च भएको भन्दै वडासदस्य सेनले आफ्नै खल्तीमा हाले । पीडित विकले चिनेजानेका गाउँका इष्टमित्रले आफ्नो नाममा पठाएको रकम आफूले नै पाउनुपर्ने बताए । ‘दुर्घटनाको खबर थाहा पाएपछि उहाँहरूले दया गरेर दिनुभएको हो भन्ने सुने’, उनले भने, ‘तर, अहिलेसम्म त्यो पैसा मैले पाएको छैन ।’

उपचारका क्रममा १ लाख रुपैयाँ खर्च भएको थियो । उक्त रकम आफूलाई डोजर चालक र समितिमार्फत प्राप्त भएको पीडित विकले बताए । वडासदस्य सेनले ३ लाख ४ हजार रकम श्रमदान जुटाउनुपर्नेमा आफूलाई ६० हजार रुपैयाँ घाटा लागेको र सहयोग रकम त्यसैमा प्रयोग गरिएको बताए । उपभोक्ता समिति गठन भए पनि अदृश्य रूपमा वडासदस्य सेन आफैंले सडक मर्मतको जिम्मा लिएका थिए ।

‘विकको उपचारका लागि डोजर मालिकले २५ हजार उपलब्ध गराए, बाँकी ७५ हजार समितिले जुटाउनुपर्ने भयो तर, समितिमार्फत मैले नै काम गरेकोले म नै घाटामा पर्ने भएँ’, उनले भने, ‘त्यही भएर मैले बहराइन समितिलाई पत्र पठाएँ, सोही आधारमा सहयोग आएको हो ।’ उनले विकको उपचारका लागि नभई काम गर्दा आफू घाटा परेको व्यहोराको पत्र पठाएको र सोही आधारमा रकम आएको बताए । ‘यदि विककै उपचार र जीवनयापनका लागि आएको हो भने म उनलाई दिन तयार छु, तर बहराइन समितिले स्पष्ट भन्नुप¥यो’, उनले भने ।

म्याग्दी उद्धार समाज बहराइनका वरिष्ठ सल्लाहकार एवं सहयोग संकलनका अभियन्ता छविलाल विकले भने घाइते विकको उपचार र जीवनयापन सहज होस् भनेर नै सहयोग पठाइएको बताए । ‘समिति र ठेकेदारले के–के ग¥यो भन्दा पनि हामीले विशुद्ध उहाँको सहयोगका लागि पठाएका हौं’, उनले भने, ‘त्यो रकमबारे हामी आगामी बैठकमा अझ विस्तृत छलफल गर्नेछौं ।’ पीडित विकले गाउँमा आरन पेसा अपनाउँदै जीवन धानिरहेका छन् ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.