होस्टेलमा सुतेका आठ वर्षीय बालकको सर्पले डस्दा ज्यान गयो

होस्टेलमा सुतेका आठ वर्षीय बालकको सर्पले डस्दा ज्यान गयो

महोत्तरी: बर्दिबास नगरपालिका–१४ स्थित न्यू श्री सिद्धार्थ बोर्डिङ स्कुलको होस्टेलमा सर्पले टोक्दा एक बालकको ज्यान गएको छ  सोमबार राति सुतेकै ठाउँमा सर्पले डस्दा युकेजीमा अध्ययनरत कैलाली गोदावरी नगरपालिका–२ अत्तरीया घर भएका आठ वर्षीय दशरथ ऐरको ज्यान गएको हो । 

स्कुलको होस्टेलमा सुतेको बेला उनीसहित अर्का विद्यार्थीलाई पनि सर्पले डसेको थियो । सर्पले डसेपछि गम्भीर बनेका दशरथलाई उपचारका लागि बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रमा ल्याउँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी नकुल पोखरेलले जानकारी दिए । 

सँगै सुतेका ९ कक्षाका विद्यार्थी १५ वर्षीय आशीष ढकाललाई पनि सर्पले डसेको थियो । बर्दिबास–१ बस्ने उनको अहिले गम्भीर अवस्थामा सर्पदंश केन्द्रमा उपचार भइरहेको न्यू श्री सिद्धार्थ पब्लिक बोर्डिङ स्कुलका प्रिन्सिपल प्रल्हाद लामाले बताए । उनलार्इ थप उपचारका लागि सर्पदशं केन्द्रले जनकपुर अञ्चल अस्पतालमा रेफर गरेको । 

घटनापछि बर्दिबास नगरपालिकाका मेयर बिदुरकुमार कार्की र वडा नम्बर ३ का वडाध्यक्ष राजन ढुंगाना सर्पदंश उपचार केन्द्रमा पुगेका छन् । बर्दिबासमा अघिल्ला वर्षभन्दा सर्पदशंका घटना बढेका छन् । सर्पले डसेर गम्भीर अवस्थाका आशीषलाई भेन्टिलेटर अभावमा उपचारमा समस्या भएको सर्पदशं उपचार केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले बताए । 

देवकोटाका अनुसार सर्पदंशका घटना बढेसँगै भेन्टिलेटरको व्यवस्था गर्न भनिए पनि सुनुवाइ नभएको बताए । उनले राजमार्ग क्षेत्रमा हुने सवारी दुर्घटनाका घाइतेलाई बचाउन पनि भेन्टिलेटर जरुरी भएको उल्लेख गरे । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.