रोल्पामा कांग्रेसको विरोध प्रदर्शन : यस्ता छन् नारा

रोल्पामा कांग्रेसको विरोध प्रदर्शन : यस्ता छन् नारा

(लिबाङ) रोल्पा : ‘आर्यघाटले के भन्छ, केपी शर्मा ओलीलाई ले भन्छ, ओली सरकार कस्तो छ, श्री ३ महाराज जस्तो छ, ए ओली किन हान्छौं जनतालाई गोली, ओली तिम्रो पाराले-दुःख पाए साराले, मार्सी चामल खाएर जनता मार्न पाईदैन’ जस्ता नारा लगाउँदै नेपाली कांगे्रसले रोल्पामा विरोध प्रदर्शन गरेका छ।

प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारको विरोध गर्दै  कांग्रेसले सदरमुमका लिबाङमा मंगलबार विरोध प्रदर्शन गरेको हो। प्लेकार्ड, ब्यानर, झण्डा बोकेका कांग्रेसका नेता, कार्यकताले चर्को नारा लगाउँदै विरोध प्रदर्शन गरेका हुन्। 

पूर्व सिंचाई राज्यमन्त्री एवं नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनमगरले सरकारबाट अधिनायकवादी र जनता विरोधी क्रियाकलाप भइरहेकाले विरोध प्रदर्शन गर्नु परेको बताए। सरकारले जनविरोधी निर्णय खारेज गर्नुपर्ने, सर्वसत्तावादी राज्यआतंक बन्द गर्नुपर्ने, महँगी नियन्त्रण गर्नुपर्ने, वृद्धभत्ताका लागि ६५ वर्ष कायम गर्नुपर्ने जस्ता नारा पनि लगाएका छन्। 

बजारमा विरोध प्रदर्शन गर्दै टुँडिखेल तर्फ लम्किएका उनीहरुले भट्ट होटेल अगाडि औपचारिक सभा गरे। विरोध कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस रोल्पाका निवर्तमान सभापति कृष्णबहादुर घर्तीमगरले प्रधानमन्त्री केपी शर्मा ओली अधिनायकवादी भएको आरोप लगाए। सरकारले जनविरोधी कार्य गर्दै गए कांग्रेसका नेता कार्यकर्ता भूमिगत भएर लड्न तयार हुने चेतावनी उनले दिए। 

पुर्व सांसद लेखनाथ आचार्य र कांग्रेस रोल्पाका पूर्व सभापति माधवप्रसाद आचार्य सरकार स्वेच्छाचारी रहेको आरोप लगाए। नेपाल विद्यार्थी संगठनका अध्यक्ष शेरबहादुर थापाले सरकारले जुम्ला अस्पतालमा सत्याग्रहीमा बसेका डा. गोविन्द केसीलाई बलप्रयोग गरेकोप्रति निन्दा गरे।   
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.