समोसामा भेटियो भ्यागुतो

समोसामा भेटियो भ्यागुतो

गौशाला, महोत्तरी : म‌ंगलबार एक कार्यक्रममा वितरण गरिएको खाजा सेटमा समोसाभित्र भ्यागुतो भेटिएपछि खाजा खान लागेकाहरू तीनछक्‍क परे। गौशालाको एक पसलबाट ल्याएको समोसा (सिंगहरा) मा भ्यागुतो फेला परेको हो।

गौशाल बजारस्थित श्री शिव मिष्ठान भण्डारबाट ल्याइएको खाजा प्याकेटभित्र राखिएको समोसामा मरेको भ्यागुतो फेला परेको हो। खाजा खान ठिक्क परेका सहभागी र पत्रकारले इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर भोला भट्टलाई फोन गरेर घटनाबारे जानकारी गराएका थिए।

प्रहरीले पसलका संचालक ३० वर्षीय धवेन्द्र साहलाई मंगलबार बेलुका नै पक्राउ गरी सोधपुछपछि उद्योग वाणिज्य संघ गौशाला पदाधिकारीका रोहबरमा छोडेको थियो। इलाका प्रहरी कार्यालय गौशाला इन्स्पेक्टर भोला भट्टले अन्नपूर्णसँग भने, 'कारवाही गर्ने अधिकारी हामीसँग छैन। त्यसैले जमानतमा छोडियो।' अखाद्य वस्तुको अनुगमन र निरीक्षण गर्ने अधिकार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसँग रहेको उनले स्पष्ट पारे।

राष्ट्रिय उपभोक्ता मञ्च महोत्तरीका उपाध्यक्ष दिनेश साहले स्थानीय प्रशासनले घटनाबारे अनुसन्धान गर्नुपर्ने माग गरे। 'अखाद्य वस्तु बिक्री गर्ने पसललेलाई कारबाही गरिनुपर्छ।'

उद्योग वाणिज्य संघ गौशालाका सचिव सुनिलचन्द्र झाले उपभोक्तालाई पैसा लिएर विक्री गरेको समौसाभित्र भ्यागुतो भेटिनु ठूलो लापरवाही रहेको बताए। 'यस्ता अखाद्य वस्तुले उपभोक्ताको ज्यान पनि जानसक्छ। ठूलो गल्ति भएको मैले ठानेको छु, 'उनले भने, 'क्षमाप्राथि भन्नुबाहेक हामीसँग केही विकल्प छैन।' बजार अनुगमन नहुँदा उपभोक्ताको जीवनमाथि खेलवाड भएको उनले स्वीकार गरे। 

समोसाभित्र भ्यागुतो फेला परेको घटनाबारे अनुसन्धान गर्न टोली पठाउने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडाका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत राजकुमार रिजालले जानकारी दिए। 'जिल्ला प्रशासन कार्यालय महोत्तरीसंग समन्वय गरेर घटनाको छानविन गछौं', उनल भने।

पसलका सञ्चालक साहले घटना दुर्घटनावस भएको भन्दै माफी मागे। ‘समोसामा भ्यागुतो कसरी पर्‍यो मलाई थाहा भएन,’ उनले भने, ‘म पसलमा काम गर्ने कामदारसँग सोधखोज गरिरहेको छु। गल्ती भएको छ। सबैसँग माफी माग्छु। पसलमा सुधार गर्छौँ।’

समोसालाई तराई मधेशको लोकप्रिय खाजाको परिकारको रुपमा उपभोक्ताले अधिक प्रयोग गर्छन्।  महोत्तरीको गौशालाका होटलमा सरसफाइको अभाव छ। झिंगा भन्केको खाजा तथा खाना खान उपभोक्ता बाध्य छन्। बजार सरसफाईको अभावमा गौशाला बजार दुर्गन्धित छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.