रोल्पामा टयाक्टर दुर्घटना : चालक र सहचालकको मृत्यु

रोल्पामा टयाक्टर दुर्घटना : चालक र सहचालकको मृत्यु

राेल्पा :  पश्चिमी रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ ।  माडीगाउँपालिका-१ भिताबाङमा ट्रयाक्टर सडकबाट पल्टिँदा दुईजनाको घटनास्थलमै ज्यान गएको हो ।

 घर्तीगाउँबाट ओट जाँदै गरेको  रा १ त १५०७ ट्रयाक्टर बुधबार राति  साढे आठ बजे दुर्घटना भएको हो । दुर्घटनामा चालक २७ वर्षका आशाराम चौधरी र र सहचालक १८ वर्षीय डम्बरबहादुर वलीको मृत्यु भएको प्रहरीले जनाएको छ । चालक चौधरी दाङ तुल्सीपुर उपमहानगरपालिका-७ टिकारापाकाका हुन् भने सहचालक गंगादेव गाउपालिका -१ रोल्पाका हुन्।

 गाउँलेले दुर्घटनाबारे प्रहरीलाई खबर गरेका थिए । उद्दारका लागि इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी निरीक्षक राजकुमार पहाडीसहित ११ जनाको प्रहरी टोली घटनास्थल पैडल पुगेको थियो । शब उठाएर राति नै घर्तिगाउँ ल्याइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए । ट्रयाक्टर क्षतिग्रस्त छ । सडकबाट ट्रयाक्टर करिव तीन सय मिटर तल खसेको थियो। 

चालक र सहचालकको मृत्यु भएकाले दुर्घटनाको कारण खुलेको छैन । बालुवा र सिमेन्ट बोकेको ट्रयाक्टर गंगादेव गाउँपालिका(१ का चुरामणी वलीको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा ल्याईदैछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.