रोल्पाको थबाङ पुग्ने सडक अवरुद्ध

रोल्पाको थबाङ पुग्ने सडक अवरुद्ध

रोल्पा : वर्षाले रोल्पाको थबाङ पुग्ने सडक अवरुद्ध भएको छ। कहिले शून्य मतदान त कहिले पूर्ण मतदान गर्दै चर्चामा आइरहने थबाङी सडक सेवाबाट बञ्चित भएका हुन्। दाङ-होलेरी हुँदै थबाङ पुग्ने सहिद मार्गको पुत्लाचौर-थबाङ सडकखण्डको दर्जनौ ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको हो।  पूर्वी रोल्पाको सुलिचौर-पोबाङ हुँदै थबाङ जोड्ने सडक बन्द छ। पोबाङ-उवा-थबाङ खण्डमा पहिरोले सडक क्षतिग्रस्त बनेको छ।

    
सडक अवरुद्ध भएपछि थबाङ गाउँपालिकाका गाउँले पैदल हिड्न बाध्य छन्। मिरुल, उवा, थबाङ र पूर्वी रुकुमवासी सडकमा खसेको पहिरो र ढलेका रुख छिचोल्दै जोखिम अवस्थामा हिड्न बाध्य छन्। 

‘पहिरो र रुख ढलेर सडक भत्किएको छ। हिलाम्मे हुँदै सडकमा हिडेर आवतजावत गर्न बाध्य छौं’, थबाङ गाउँपालिका प्रशासन शाखाका अधिकार बुढामगर भन्छन्, ‘थबाङबाट तीनदिनमा मात्र सदरमुकाम लिबाङ आइपुगियो।’

सदरमुकाम लिबाङबाट थबाङ ७६ किलोमिटर दूरीमा छ। कच्ची सडक भएकाले चार-पाँच घण्टामा थबाङ पुग्न सकिन्छ। तर, सडक अवरुद्ध भएपछि हिड्नुको विकल्प छैन्। 

सदरमुकाम लिबाङ, दाङको घोराही र सुलिचौरबाट थबाङसम्म यातायातका साधन चल्दै आएका थिए। सडकमा ठूलाठूला ढुंगा र पहिरो खसेर सडक बन्द भएपछि यातायातका साधन ठप्प भएको यातायात व्यवसायी सिङाराम परियारको भनाइ छ। 

थबाङी अधिकार बुढामगरका अनुसार शहिद मार्ग अन्तरगत लिक्याङ-खरिबोट सडक खण्डको तीन ठाउँमा ठूलाठूला ढुंगा खसेका छन्। मिरुलको बिसौना, गोलचोलछेडा आसपासमा पहिरो र रुख ढलेर मानिस समेत ओहोरदोहोर गर्न गाह्रो छ। 

थबाङ पुग्ने सडक नै अवरुद्ध भएपछि पूर्वी रुकुमसम्मको आवतजावत समेत प्रभावित भएको छ। पूर्वी रुकुम सिमानासम्म थबाङबाट गाडी चल्न सकेका छैनन्। थबाङ हुँदै पूर्वी रुकुम पुग्ने यात्रु सल्यान, पश्चिम रुकुम हुँदै पूर्वी रुकुमको घुमाउरो यात्रा गर्न बाध्य छन्।

पूर्वी पोबाङ-थबाङ सडकखण्डको ठूलोबेसीमा ठूलो पहिरो गएको र खहरे खोलाले सडक भत्काएपछि यातायात नचलेको करिब दुई महिना भएको छ। सडकमा सवारी साधन नचल्ने भएकाले उवा र सेरमवासी हिँडेर पोबाङ पुग्छन्। त्यहाँबाट मात्र गाडी चढ्न मिल्छ। पोबाङदेखि सुलिचौर आउने कच्ची सडक भएकाले आजकाल हिलाम्मे छ।

सडक अवरुद्ध भएकाले केही साताअघि मुस्ताङमा टिपर दुर्घटनामा ज्यान गुमाएकाको शव उवा घरमा लैजान नसकिएको सपना रोकामगरको भनाइ छ। उनीहरुको सुलिचौरमै दाहसंस्कार गरिएको थियो। गाउँमा कोही बिरामी भए भने डोकोमा बोकेर लैजान गाउँले बाध्य छन्। खाद्यान्न लगायतका सामान बोकेर लानु परेको छ।

थबाङमा एम्बुलेन्स भएपनि बिरामी भएपनि बाहिर लान कठिन भएको छ। सडक अवरुद्ध भएसँगै यहाँ आयात हुने खाद्यान्न समेत ढुवानी हुन सकेको छैन। महँगी बढ्दै गएको छ। व्यापारीले भण्डारण गरेका सामग्री सकिदै गएका छन्। थबाङ गाउँ 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.