छाउपडी अँगाल्ने सरकारी सुविधाबाट वञ्चित

छाउपडी अँगाल्ने सरकारी सुविधाबाट वञ्चित

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–८ ले छाउपडी प्रथा अँगाल्नेलाई सेवा सुविधाबाट बञ्चित गर्ने भएको छ । छाउपडी प्रथा छाड्ने प्रतिबद्धता गरेमात्रै वडा कार्यालयबाट सेवा दिइने निर्णय भएको हो।

महिनावारी हुँदा अलग्गै गोठमा बस्नुपर्ने, पाँच दिनसम्म छुन नहुने, पानीको धारा छुन नहुने, पोषिला खानेकुरा खान नहुनेजस्ता अन्धविश्वास नहटेपछि सेवा सुविधामा रोक लगाउनु परेको वडाध्यक्ष बहादुर महराले बताए। ‘वडामा सेवा लिन आएका सेवाग्राहीलाई छाउपडी प्रथा मान्ने गरे नगरेको सोधपुछ गरेपछिमात्रै सेवा दिने व्यवस्था गरेका छौं’, उनले भने। 

छाउपडीका कारण महिला अलग्गै गोठमा राखिँदा बलात्कृत हुने, सर्प र जंगली जनावरको आक्रमणमा पर्ने तथा विभिन्न रोगको संक्रमण बढ्ने गरेको छ। वर्षौंदेखि कुरीतिका रुपमा चल्दै आएको यस प्रथालाई रोक्न खोजे पनि लुकीछिपी कायमै रहेकाले सेवामा रोक लगाउनु परेको अध्यक्ष महराको भनाई छ।

छाउपडी प्रथा अँगाल्नेको सेवा सुविधामा रोक लगाउन थालेपछि हालसम्म एक दर्जनभन्दा बढी व्यक्ति सेवाबाट वञ्चित भएको उनले जानकारी दिए। वडामा मदिरा बिक्री वितरण, उत्पादन र सेवन गर्नेलाई एक वर्षअघि नै सेवा सुविधा नदिने वडा कार्यालयले नियम बनाई कार्यान्वयन गरिसकेको छ। 

वडाले घरेलु हिंसा, बाल विवाह, अनमेल विवाह गर्ने, लागूऔषधमा संलग्न, घरमा शौचालय नभएका, बालबालिकालाई पूर्ण खोप नलगाउने र बालबालिकालाई विद्यालय नपठाउने लगायतका कार्यमा संलग्नले आफ्नो व्यवहारमा सुधार गर्ने प्रतिबद्धता नजनाएसम्म कुनै पनि सेवा सुविधा दिने गरेको छैन। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.