विवेकशील साझा पार्टीको कार्यक्रममा भाँडभैलो

विवेकशील साझा पार्टीको कार्यक्रममा भाँडभैलो

काठमाडौं : शनिबार विवेकशील साझा पार्टीको एक कार्यक्रममा भाँडभैलो भएको छ। प्रदेश ३ का जिल्ला संयोजक मनोनयन गर्न आयोजित कार्यक्रममा असन्तुष्ट समूहले आक्रोश व्यक्त गरेपछि कार्यक्रममा तनाव भएको हो।

पार्टीका शीर्ष नेताले जिल्ला संयोजक लोकतान्त्रिक पद्धति विपरित रातारात तोकेको भन्दै केही युवाले कार्यक्रम स्थलमै असन्तुष्टि जनाए। नेताले संयोजक चयन गर्दा दलाल, अपराधिक मुद्दामा मुछिएका व्यक्तिलाई छनोट गरेको भन्दै युवाले नाराजुलुस गरेका हुन्। उनीहरुले ‘युवा अघि बढ्छ देश अघि सर्छ’, भन्दै नेतृत्वविरुद्ध नाराबाजी गरे।

असन्तुष्ट युवा समूहले जिल्ला संयोजक लोकतान्त्रिक पद्धतिबाट चयन गर्नुपर्नेमा जोड दिए। असन्तुष्ट समूहबाट बोल्दै एक युवाले भने, ‘हामीले हाम्रा जिल्ला संयोजक आफैं चुन्न पाउँने कि नपाउँने ? यही प्रश्न यहाँ राख्न चाहन्छु।’ 

होहल्ला हात हालाहालको अवस्थामा पुगेपछि प्रवक्ता डा. सूर्यराज आचार्यले कार्यकर्तालाई सम्झाउने प्रयास गरे। ‘हामी यहाँ बिजनेस र पदका लागि आएका होइनौँ। अहिलेदेखि पद खोज्नेबेला होइन’, आक्रोशित बनेका आचार्यले भने, ‘तपाईंहरु चुप लाग्नुहोस्, पदका लागि होइन विचारका लागि झगडा र बहस गरौँ। विचारको हामी सम्मान गर्छौँ। तर यहाँ मर्यादा राखेर बहस गरौँ।’ 

आचार्यले सम्झाउने प्रयास गर्दा कार्यक्रममा अझ धेरै तनाव बढ्यो। त्यसपछि संयोजक रवीन्द्र मिश्र मञ्चमा पुगे। उनले मनोनित संयोजकलाई बधाई तथा शुभकामना दिँदै कार्यक्रम समापन भएको घोषणा गरे।

‘यो कार्यक्रम यहीँ स्थगित भएको घोषणा गर्छु। कार्यक्रम समापन भएको छ। मलाई साथीहरुसँग एकदमै दुःख पनि लागेको छ। मैले हिजो चार घण्टा बसेर तपाईंहरुको कुरा सुने। तपाईंहरुका गुनासा समाधान गर्छौँ भनेका थियौँ’, मिश्रले भने,  ‘आज जे भयो एकदमै दुःखद् भयो।’ 

मिश्रले कार्यक्रम समापनको घोषणा गरेपछि कार्यक्रकर्ता नाराबाजी गर्दै हलबाट बाहिर निस्किए। 

शनिबार नै साझा पार्टी सांस्कृतिक उल्लासका साथ आफ्नो पहिलो स्थापना दिवस मनाएको छ। शनिबार पार्टी कार्यालय बखुण्डोलमा साझा पार्टीले विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेर स्थापना दिवस मनाएको हो। एक बर्ष अघि रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्जल थापाको विवेकशील नेपाल पार्टीबीच एकता भएको थियो।

वैकल्पिक पार्टीका रुपमा आफूलाई प्रचार गर्दै आएको विवेकशील साझाले गतबर्ष सम्पन्न संघीय र प्रदेश निर्वाचनमा सहभागिता जनाएपनि संघीय संसदमा भने एक सिट पनि जित्न सकेन। प्रदेश तीनको प्रदेश संसदमा भने उक्त पार्टीका तर्फबाट तीनजना सांसद छन्।

यसरी पहिलो स्थापना दिवसकै दिन आयोजित अर्को कार्यक्रममा भने तनाव भएको हो। थापागाउँस्थित बानेश्वर बैंक्वेटमा  आयोजित कार्यक्रममा साझा पार्टीका कार्यकर्ताबीच हात हालाहालको स्थिति उत्पन्न भएको हो। प्रदेश तीनको संयोजक र जिल्ला संयोजक मनोनयन गर्न आयोजना गरिएको कार्यक्रम केही युवाले हुलहुज्जत गर्दै नेतृत्वको विरोध गरेका हुन्।

पार्टीले पुराना व्यक्तिलाई नेतृत्वमा ल्याएको, युवालाई अवसरबाट बञ्चित गरिएको भन्दै युवाहरुले पार्टी नेतृत्वविरुद्ध नारावाजी गरेका हुन्। साझा पार्टीले प्रदेश तीनको संयोजकमा समीक्षा बास्कोटालाई मनोनयन गरेको छ। उनलाई पार्टीका संयोजक मिश्रले माटोको टीका लगाएर पार्टीमा स्वागत गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.