नूरप्रसाद अधिकारीलाई झिकाउन आदेश

नूरप्रसाद अधिकारीलाई झिकाउन आदेश

चितवन : जिल्ला अदालत चितवनले जाहेरीको बकपत्र अनिवार्य रहेको भन्दै जाहेरीवाला नूरप्रसाद अधिकारीलाई झिकाउन म्याद तामेलीको आदेश दिएको छ। जिल्ला न्यायाधीश कूलप्रसाद शर्माको एकल इजलासले यस्तो आदेश दिएको हो।

यसअघि फागुन १३ गते म्याद तामेलीको आदेश भएको थियो। सो क्रममा प्रक्रिया पुरा गरे पनि सूचना रुखमा टाँस गरिएकाले म्याद तामेलीसम्बन्धी रिट प्रक्रिया नपुगेको भन्दै म्याद बदर गरेको हो। कानुनी व्यवस्थामा जारी भएको म्याद सम्बन्धित व्यक्तिलाई, नभए एकाघरका जहान र त्यो पनि नभए घरमा टाँस गर्ने प्रावधान छ।

अदालतबाट गएको टोलीले घर पत्ता नलागेको भन्दै सोही वडाको पिपलबोटमा टाँस गरेको थियो । सरकारको तर्फबाट जिल्ला न्यायाधीश परमेश्वर पराजुली जाहेरीवालाको तर्फबाट अधिवक्ता बाबुराम गिरी र इन्द्र अर्याल र प्रतिवादीका तर्फबाट अधिवक्ताहरु धर्मराज आचार्य, मुक्ति प्रधान, रमण श्रेष्ठ र दिनमणि पोखरेलले बहस गरेका थिए।

२०६१ मा छोरा कृष्णको हत्या गरेपछि बुबा नन्दप्रसाद र आमा गंगामायाले हत्यारालाई कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए भने दाजु नूरबहादुरले डेढ वर्षअघि फुजेलका १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.