मुग्लिन-नारायणगढ सडकको जलविरे र घुमाउनेमा बाटो एकतर्फी
चितवन : भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो गएपछि अवरुद्ध बनेको मुग्लिन-नारायणगढ सडक एकतर्फी खुलेको छ । आइतबार बिहान ढुंगासँगै लेदो खसेपछि सडक केहीबेर अवरुद्ध बनेको थियो । अहिले ढुंगा हटाएर एकतर्फी सडक सुचारु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिएका छन् ।
यसै सडक खण्डको इच्छाकामना गाउँपालिका-६ जलविरेमा पनि राति गएको पहिरोका कारण सडक एकतर्फी मात्रै सञ्चालन गरिएको गौतमले बताए । दुवै ठाउँमा पहिरो हटाउने काम भइरहेको र दुईतर्फी बाटो खुल्न केही समय लाग्ने जिल्ला ट्राफिक प्रहरी प्रमुख गौतम बताएका छन् ।