पर्वतमा बस दुर्घटना : ६ गम्भीर, १६ घाइते

पर्वतमा बस दुर्घटना : ६ गम्भीर, १६ घाइते

पर्वत : मोदी गाउँपालिका– ६ तिलाहारको बेतनीस्थित पोखरा–बागलुङ सडक खण्डमा बिहान एक यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। 

पोखराबाट मुस्ताङ आउँदै गरेको ग १ ख ५५९८ नम्बरको बस सडकबाट करिब ३० मिटर तल खेतमा खस्दा त्यसमा सवार १६ जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खत्रीका अनुसार छजना गम्भीर घाइतेलाई थप उपचारका लागि पोखरास्थित गण्डकी अञ्चल अस्पताल लगिएको छ।

अन्य घाइतेको जिल्ला अस्पतालमै उपचार भइरहेको छ भने बसचालक प्रहरीको नियन्त्रणमा रहेको छ। दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको उनले जानकारी दिए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.