छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

विराटनगर : सुनसरी, मोरङ र झापाका अलगअलग स्थानमा भएका सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।  सुनसरीको कोसी गाउँपालिका- ३ स्थित जमुना चोकमा पिकअपको ठक्‍रबाट सोमबार बिहान एक पुरुषको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको नम्बर नखुलेको सेतो रंगेको पिकअपले ठक्‍कर दिंदा दुर्घटना भएको प्रदेश- १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

दुर्घटनामा परेर मृत्यु भएका अन्दाजी २९/३० वर्षका पुरुषको पहिचान भएको खुलेको छैन। त्यस्तै आइतबार साँझ पिकअपको ठक्‍रबाट घाइते भएका ती पुरुषको उपचारका क्रममा सोमबार बिहान ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि फरार रहेको पिकअप र चालकको खोजी थालिएको प्रहरीको भनाइ छ।मोरङमा आइतबार राति भएको दुर्घटनामा परेर तीनजना घाइते भएका छन्। बेलबारी नगरपालिका- ३ मा को २६ प ८१३४ नम्बरको मोटरसाइकलको ठक्‍करबाट पैदलयात्रु धनकुटाका २८ वर्षीय आकाश राई घाइते भएका छन्। राईको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ। 

बुढीगंगा गाउँपालिका- २ टंकीसिनवारीमा को १ च ९०८५ नम्बरको कारले ठक्‍कर दिंदा साइकल यात्री बुढीगंगा- ३ का ४७ वर्षीय बेचनलाल खवास घाइते भएका छन्। घाइते खवासको विराट मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै सुन्दरहरैंचा नगरपालिका- ६ मा को २५ प ६१७० नम्बरको मोटरसाइकलले ठक्‍कर दिंदा पैदलयात्रु ६५ वर्षीया थमादेवी ढकाल घाइते भएकी छन्। प्रहरीका अनुसार ढकालको इटहरीमा उपचार भइरहेको छ। 

यता झापामा भएको दुर्घटनामा दुईजना घाइते भएका छन्। दमक नगरपालिका- ७ मा मे ३ प २२२६ नम्बरको मोटरसाइकलले ठक्‍कर दिंदा साइकल यात्री कमल गाउँपालिका- ७ का ६० वर्षीय भानुभक्त गहतराज घाइते भएका छन्।

उनको दमकमा उपचार भइरहेको छ। कमल गाउँपालिका- ५ मंगलबारे चोकमा मे २ प ७८३५ नम्बरको मोटरसाइकलले ठक्‍कर दिंदा साइकल यात्रु ४७ वर्षीय भक्तबहादुर राई घाइते भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।राईको लाइफलाइन अस्पतालमा उपचार भइरहेको जानकारी प्रहरीले दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.