ठेकेदारको लापरबाहीले हुलाकी सडक अवरुद्ध

ठेकेदारको लापरबाहीले हुलाकी सडक अवरुद्ध

परासी : निर्माण व्यवसायीको लापरबाहीका कारण पश्चिम नवलरासीको परासी–नारायणचोक हुलाकी सडक दुई सातादेखि अवरुद्ध छ । सडक निर्माणको काम सुरु गरेको निर्माण कम्पनीले सयममै काम नगर्दा अहिले सो सडकखण्डमा सवारीसाधन चल्न सकेका छैनन् । पैदल यात्रुले समेत सास्ती पाएका छन् । यो सडक राष्ट्रिय गौरवको आयोजना हो ।

सडक निर्माणका लागि ठाउँठाउँमा खसालिएको माटो व्यवस्थित नगर्दा पानी पर्नासाथ सडक हिलाम्मे हुने गरेको छ । अधिकांश स्थानमा रहेका खाल्डा खुल्डीसमेत पुरिएको छैन । सडकमा ग्राभेल नराख्दा हिलो र खाल्डा खुल्डीका कारण सवारीसाधन चल्न नसकेका हुन् । सडक अवरुद्ध हुँदा परासी–जहदादेखि गोपिगञ्ज पुग्ने सवारीसाधन भूमही–बर्दघाट हुँदै २५ किमि दूरी पार गरेर जानुपर्ने बाध्यता छ । परासीबाट नारायणचोकको दूरी साढे १२ किमि छ ।

सडक निर्माणका लागि हुलाकी सडक आयोजनाले हेटौंडास्थित कञ्चनजंघा शिवशक्ति बिरुवा जेभी नामक कम्पनीलाई जिम्मेवारी दिएको छ । सडक डिभिजन कार्यालय बुटवलको रेखदेखमा भइरहेको सडक निर्माणको लागत २५ करोडको हो । सडकमा ग्राभेल नराखेका कारण वर्षायाममा सडक हिलाम्मे भई आगमनमा समस्या भएको सडक डिभिजन कार्यालय बुटवलका डिभिजन प्रमुख कैलाश श्रेष्ठले बताए । उनले सडक मर्मतका लागि व्यवसायीलाई पटक पटक ताकेता गर्दासमेत निर्माण सामग्री अभावको बहाना देखाएर उम्किन खोजेको बताए । ग्राभेलको व्यवस्था गरेर तत्काल सडकलाई व्यवस्थित बनाउन व्यवसायीलाई ताकेता गरेकाले एक÷दुई दिनमा समस्या समाधान हुने श्रेष्ठले बताए ।

सडक निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ । २०७३ फागुनबाट सुरु गरिएको सडक आउँदो फागुनसम्म सम्पन्न गरिसक्नुपर्ने भए पनि निर्माण सामग्रीको अभाव देखाउँदै व्यवसायीले काममा ढिलाइ गर्दा समयमा सम्पन्न हुन नसक्ने अवस्था देखिएको छ ।

निर्माण कार्यका लागि आवश्यक ग्राभेल अभावले समस्या भएको निर्माण कम्पनीका इन्जिनियर मेघराज खनालले बताए । उनले केही दिनमा ग्राभेलको व्यवस्था गरेर सडकलाई व्यवस्थित गरिने बताए । अहिलेसम्म सडक सम्याउने, माटो फिलिङसहित अन्य स्ट्रकचरका काम सकिएको इन्जिनियर खनालले जानकारी दिए । निर्माण सामाग्रीको अभाव नभए तोकिएकै समयमा काम सम्पन्न हुने खनालको दाबी छ । ११ मिटर चौडाइ रहेको सडकखण्डको सात मिटर कालोपत्रे हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.