डोरीले तान्दै गाडी गुडाउनुपर्ने बाध्यता

डोरीले तान्दै गाडी गुडाउनुपर्ने बाध्यता

कालिकोट :कर्णाली राजमार्गको कालिकोट सडकखण्डमा पहिरो जाँदा दैनिक कर्णाली राजमार्ग अवरुद्ध हुने गरेको छ। कर्णाली राजमार्गको कालिकोटखण्ड दहीखोलादेखि कालिकोट र जुम्लाको सिमाना नाग्मसम्म दर्जनौं ठाउँमा पहिरोे खस्दा दैनिक रूपमा राजमार्ग अवरुद्ध हुने गरेको हो।

कर्णाली राजमार्गको दहीखोला, गगनेखोला, कालेखोला, सेरी घाट, सुनार खोला, मान्म ताडीको डाँडा, सिम्लेगाड, पिली, खल्लागाड, राचुलीलगायत दर्जन बढी ठाउँमा कतै पहिरो त कतै सडक भत्किएर हिलाम्मे भएपछि दैनिक रूपमा राजमार्ग अवरुद्ध हुने गरेको छ। सेरीघाट, सुनार खोला र पिलीको पहिरोमा यात्रुवाहक बस हिलाम्मे सडकमा उकालो गुड्न नसक्दा यात्रुले डोरी लगाएर तान्दै गाडी गुडाउनुपरेको छ। कर्णाली राजमार्गको जुम्ला–सुर्खेत सडकखण्डअन्तर्गत कालिकोट खण्डमा डिभिजन सडक कार्यालय जुम्लाको लापर्वाहीका कारण भत्किएको ठाउँमा तत्काल मर्मत नगर्दा राजमार्ग थप बिग्रिँदै गएको छ। कर्णाली राजमार्गको सबैभन्दा ठूलो पहिरो गगने खोलाको भीरमा बखा लागेसँगै पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध हुँदै आएको छ। यस वर्षको सुरुमै त्यसै ठाउँमा पहिरो जाँदा अहिलेसम्म १३ पटक सडक अवरुद्ध भएको छ।

उकालो सडक पानी र पहिरोसँगै खसेकाले पिलीको उकालोमा यात्रुले डोरीले गाडी तान्ने गरेको गाडीचालक उमेश खड्काले बताए। उनले भने, ‘उकालो सडक छ। लगातारको वर्षातले सडक हिलाम्मे बनेको छ। गाडी रोकिनेबित्तिकै कडा भीरमा यात्रु गाडीबाट ओर्लिन्छन् र डोरीले तान्ने गर्छन्। कालिकोट जिल्लाको सदरमुकाम मान्मदेखि जुम्लाको सिमानासम्म करिब दर्जन ठाउँमा स–साना पहिरो खसेका छन्। सडकमा खसेका ढुंगा आफैं पन्छाएर गाडी चलाउने समस्या छ।

कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले कर्णाली राजमार्गको विभिन्न ठाउँमा बिग्रिएको सडक तत्काल मर्मत गर्न डिभिजन सडक कार्यालय जुम्लालाई निर्देशन दिएको बताए। उनले मंगलबार जिल्लाका क्रियाशील राजनीतिक दलसँग पनि छलपफल गरी मर्मत–सम्भार अभावमा कर्णाली राजमार्ग वर्षायाम लागेसँगै दैनिक अवरुद्ध भएको भन्दै बिग्रिएको सडक सुधारका लागि पहल गर्ने निर्णय गरिएको बताए। उनले भने, कर्णाली राजमार्ग स्तरोन्नति नहुँदा यात्रुले सास्ती खेप्नुपरेको विषयमा सबै पक्षसँँग छलफल भइरहेको छ। लगातार पानी परिरहेकाले पानीमै सुधार गर्न नसकिने र पानी रोकिएको तीन दिनभित्र बिग्रिएको सडक सुधार गर्ने डिभिजन सडक कार्यालय जुम्लाले जानकारी दिएको छ।       

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.