महिनाभरिको हाजिर एकै पटक गरेर डाक्टर बेपत्ता

महिनाभरिको हाजिर एकै पटक गरेर डाक्टर बेपत्ता

 जाजरकोट : जाजरकोट अस्पतालमा कार्यरत एक जना चिकित्सकले महिना नबित्दै हाजिर गरेर बेपत्ता भएको खुलेको छ । स्त्रीरोग विशेषज्ञ डा. पूर्णिमा राईले साउनभरिको हाजिर गरेर जिल्ला छाडेकी छन् ।

अग्रिम हाजिर गर्दा पनि अस्पताल प्रशासन मौन छ । उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट विशेषज्ञ सेवा दिन जेठदेखि काजमा खटिएकी हुन् । विशेषज्ञ सेवा दिनुको साटो महिनाभरिको अगाडि नै हाजिर गरेर उनले जिल्ला छाडेपछि प्रसूतिलगायत स्त्रीरोगसम्बन्धी विशेषज्ञ सेवा ठप्प भएको छ । एक साताअघि जिल्ला छाडेकी डा. राईले साउनसम्मको हाजिर गरेकी छन् ।

जाजरकोट अस्पतालमै विशेषज्ञ सेवा दिने उद्देश्यले उनलाई प्रतिष्ठानले करारमा लिएर पठाए पनि अस्पताल प्रशासनको चरम लापर्वाहीले सेवा नियमित हुन नसकेको स्थानीयको गुनासो छ । ५० शड्ढयाको जाजरकोट अस्पतालमा ९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि उनीबाहेक हालसम्म एक जना पनि विशेषज्ञ चिकित्सक आएका छैनन् । आएका पनि अगाडि नै हाजिर गरेर आफूखुसी हिँडेपछि सेवा ठप्प भएको हो । सामान्य अवस्थाका प्रसूतिसमेत नहुने यो अस्पतालले बिरामीलाई रिफर मात्र गर्ने गरेको स्थानीय युद्धजित शर्माले बताए ।

अस्पतालका निमित्त प्रमुख केशरजंग कार्कीले भने, ‘गत शनिबार बेखर्ची भएँ भनेर उहाँ नेपालगन्ज चेक सटाउनु छ भनेर जानुभएको हो । केही दिनमै आइहाल्छु भन्नुभएको छ । थाहा नपाएर अगाडि नै हाजिर गर्नुभयो होला । त्यसरी काम नगरेको अवधिको हाजिर गर्न मिल्दैन ।’ प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले अगाडि नै हाजिर गर्न नमिल्ने बताउँदै छड्के निरीक्षण गरेर आवश्यक कारबाही गरिने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.