बोक्सी भनेर कुटिएकी राधालार्इ असहज
धनगढी : कैलालीको घोडाघोडी नगरपालिका-५ देवकलियामा बोक्सी आरोपमा चरम यातना भोगेकी राधा चौधरीलाई समाजमा घुलमिल हुन अझै असहज भएको छ । कतिपय त उनीसँग बोल्न पनि हिचकिचाउँछन् ।
कैलालीको घोडाघोडी नगरपालिका ५ देउकलियाकी राधा चौधरीलाई भोलेबाबा भनिने रामबहादुर चौधरीसहितका महिलाले बोक्सी आरोपमा चरम यातना दिएका थिए । एक महिनाको धनगढी बसाइपछि वैशाखमा घर फर्किएकी राधाले अझै समाजमा पुरानो अवस्थामा फर्किन नसकेको बताइन् ।
०७४ साल फागुन २४ गते उनलाई कुटपिट गरिएको भिडियो सार्वजनिक भएपछि उनले न्याय पाएकी हुन् । भोलेबाबा र उनका सहयोगी घोडाघोडी नगरपालिका सुखडकी स्मारिका चौधरी र देउकलियाकै किस्मती चौधरीले राधालाई बोक्सीको आरोपमा निर्घात कुटपिट गरेका थिए । तीनै जना अहिले कैलाली कारागारमा छन् ।
प्रतिक्रिया दिनुहोस !
८