कान्द्रा नदी बस्तीतिर

कान्द्रा नदी बस्तीतिर

धनगढी : कन्द्रा नदीको कटानका कारण कैलालीको घोडाघोडी नगरपालिका-५ शीतलपुरको बस्ती जोखिममा परेको छ। सीतलपुर भएर बग्ने कन्द्रा नदीले आफ्नो क्षेत्र बढाउँदै लगेपछि बस्ती जोखिममा परेको हो। ०५० सालमा अछामबाट तराई झरेका मन्दिरबहादुर विष्टले भने, ‘सुरुमा नदीको क्षेत्र सानो थियो तर अहिले जति वर्ष बित्दै गयो बस्तीतर्फ नदी बढ्दै आएको छ।’ उनले स्थानीय कालिका आधारभूत विद्यालयसमेत सार्नुपर्ने स्थितिमा पुगेको बताए।

नदिछेउको ३० घरपरिवार नदीले आफ्नो क्षेत्र बढाउँदै गएपछि छेउतिर सर्दै गएको विष्टले बताए। नदी कटानमा सरकारले बर्सेनि तटबन्धका लागि बजेट छुट्याए पनि प्रभावकारी बन्न नसकेको स्थानीयको आरोप छ। स्थानीयका अनुसार ०५० सालयता नदीले सय बिघाभन्दा बढी जमिज कटान गरेको छ।

‘वर्षायाममा नदीले बहाव बढाउँदै लग्छ’, स्थानीय डिल्लीराज जोशीले भने, ‘नदी आसपासमा भएका व्यक्ति अग्लो ठाउँ खोज्न सुरु गर्छन्।’ उनले नदीको छेउबाट टाढा घर बनाए पनि एक÷दुई वर्षमा नदी घरनजिक पुग्ने गरेको बताए।

पारिपट्टि सामुदायिक वन क्षेत्र भएकाले नदी बस्तीतर्फ फर्र्किएको स्थानीयको भनाइ छ। कन्द्रा कैलालीमा सबैभन्दा बढी क्षति गर्ने नदी भनेर चिनिन्छ। चुरेबाट तराई पसेको कन्द्राले नागबेलीझैं कैलालीको सीमा क्षेत्र भएर बग्ने मोहनासम्म क्षति पु¥याउँदै आएको स्थानीयले बताए।

बर्खायाममा नदीको वहाबले गर्दा विद्यालयको कक्षाभित्रै पानी भरिने भएकाले सय मिटर विद्यालय सारेको कालिका आधारभूत विद्यालय व्यवथापन समितिका अध्यक्ष देवहादुर वमले बताए। ‘नदीमा बाढी आएमा विद्यालयको ५ फिट पानी भरिन्छ’, उनले भने, ‘त्यसैले गर्दा सामुदायिक वनको जग्गामा सय मिटर अगाडि भवन बनाएका छौं।’

कान्द्राका कटान रोक्न स्थानीयले विभिन्न जैविक उपाय गरे पनि रोक्न नसकेको धनबहादुर विष्टले बताए। ‘तटबन्ध त तटबन्धकै ठाउँमा छ, जैविक उपाय गर्दा पनि रोक्न सकेको छैन’, उनले भने। खेतीयोग्य जमिन बर्सेनि कटान हुन थालेपछि स्थानीय चिन्तित भएका छन्।

‘सुरुमा एक बिघा भएको जमिन नदीले काट्दै लगेपछि १३ कट्ठामा झरेको छ’, शारदा थापाले भनिन्’, ‘अब त त्यही जमिन रहने पनि आस छैन।’ कान्द्रा नदीले घोडाघोडी नगरपालिकाको धेरै बस्ती जोखिममा पारेको छ। धेरै विद्यालय र बस्ती विस्थापित भइसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.