'गरिबको परिचय पत्र पनि धनीकै हातमा'

'गरिबको परिचय पत्र पनि धनीकै हातमा'

काठमाडौं : सरकारले वितरण गरेको गरिब परिचय पत्र धनीले पाएको भन्दै सांसद्हरुले आलोचना गरेका छन् । सांसद् छक्क बहादुर लामाले हुम्ला जिल्लामा गरिब परिचय पत्र वितरणमा लापरवाही भएको बताए । 

प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद् लामाले गरिबको परिचयपत्र धनीको हातमा पुगेको गुनासो गरे । 'गरिब परिचय पत्र वितरण गर्दा गरिबमाथि नै अन्याय भएको छ', उनले भने, 'गरिब परिचयपत्र धनीले पाएका छन्, हुनेखानेले पाइरहेका छन्’ 

सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने पनि उनले माग गरेका छन् । हुम्लामा पुनः गरिब परिचयपत्र वितरण गर्न पनि उनले माग गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.