पाल्पामा स्कुल बस दुर्घटना, २० विद्यार्थी घाइते, तीनको हात भाँचियो
पाल्पा : गाउँबाट विद्यार्थी बोकेर विद्यालयतर्फ जाँदै गरेको स्कुल बस दुर्घटना हुँदा २० जना विधार्थी घाइते भएका छन्। रिभर भ्याली बोडिङ तानसेन- ८ दमकडाँ पाल्पाको लु १ क १५५८ नम्बरको बस बगनासकाली- १ चिरतुङधारा पिपलेमा दुर्घटना हुँदा २० जना विद्यार्थी घाइते भएका हुन्।
घाइते विद्यार्थीको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ।
घाइतेमध्ये एकजना विद्यार्थीको टाउकोमा चोट लागेको छ भने अन्य ३ जनाको हात भाँचिएको र अन्य १६ जनाको अवस्था सामान्य रहेको उद्धारमा खटिएका स्थानीयवासी कमल पाण्डेले बताए।
सबै विद्यार्थी खतरामुक्त रहेको विधालयका प्रिन्सिपल मिनप्रसाद बञ्जाडेले बताए। बसमा २७ जना विद्यार्थी थिए।
प्रतिक्रिया दिनुहोस !
४