बालिका बलात्कार आरोपमा किशोर पक्राउ
जाजरकोट : घरमा कोही नभएको मौका छोपी ६ वर्षीया बालिका बलात्कार गर्ने भेरी नगरपालिका-२ रिसाङ्गका १७ वर्षीय किशोर पक्राउ परेका छन्।
छोरी बलात्कृत भएको भन्दै पीडितकी आमाले दिएको किटानी जाहेरीका आधारमा ती किशोरलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका किशोरको नाम भने खुलाइएको छैन।
जिल्ला अदालतले आरोपितलाई हिरासतमा राखी अनुसन्धान गर्नका लागि प्रहरीलाई तीन दिनको म्याद दिएको छ। नेपालको कानुनले १८ बर्ष नपुगेसम्म नाबालक मान्छ। नाबालकलाई थुनामा राख्न नपाइने र नामनामासी सार्वजनिक गर्न नमिल्ने कानुनी प्रावधान गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी रविन्द्रबहादुर सिंहले बताए।
जिल्लामा बाल सुधार गृह नभएकाले बलत्कारको अभियोगमा पक्राउ परेका किशोरमाथि कसरी अनुसन्धान गर्ने भन्ने समस्या भएको डीएसपी सिंहको भनाइ छ। आदालतको आदेश अनुसार छानबिन प्रक्रिया अगाडि बढाउने उनले बताए।
प्रतिक्रिया दिनुहोस !