देउता लागेको भन्दै खोलामा हामफाल्दा बेपत्ता
![देउता लागेको भन्दै खोलामा हामफाल्दा बेपत्ता](https://annapurnapost.prixacdn.net/media/albums/Sindhu-River_20180520062928_B8ofTUfx3P.jpg)
रूकुम पश्चिम : रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका-४ मा पर्ने तिलता खोलाले बगाएर स्थानीय एक युवक बेपत्ता भएका छन्।
गाउँकै एक घरमा झाक्री बस्न थालेपछि आफूमा देउता सवार भएको भन्दै एक्कासी खोलामा हाम फालेका बाँफिकोट-३ रूकुम पश्चिमका २६ वर्षीय धनबहादुर बिक बेपत्ता भएका हुन्।
साँझ ६ बेजेतिर बेपत्ता भएका विकको खोजीकार्य जारी रहेको ईलाका प्रहरी कार्यालय बाँफिकोटका प्रमुख भवानीद्द पन्तले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)