टीकापुर घटनाका आरोपितको पहिलो पेशी

टीकापुर घटनाका आरोपितको पहिलो पेशी

धनगढी : २०७२ सालको भदौ ७ गते प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहितका आठ सुरक्षाकर्मी र एक नाबालकको हत्याको आरोपमा तीन वर्षदेखि कैलाली कारागारमा पुर्पक्षका लागि थुनामा रहेका आरोपीको बुधबार पहिलो पेशी भएको छ।

अदालतले फरार अभियुक्तको बतन खुल्न नसकेको भन्दै तीन वर्षदेखि उनीहरुको बतन पत्ता लगाउन निर्देशन दिदै अहिलेसम्म पेसी नै तोकेको थिएन। टीकापुर घटनामा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशब बोहरासहित आठ सुरक्षाकर्मी र एक बालक टेकेन्द्र साउदको विभत्स हत्या भएको थियो।

बुधबार पहिलोपटक भएको पेशीमा जिल्ला अदालत कैलालीका न्यायाधीस परसुराम भट्टराईको इजलासले जाहेरीवाला, वस्तुस्थिति मुचुल्कामा कागज गर्ने मानिस घटनास्थलको प्रकृति मुचुल्का गर्ने मानिस र प्रत्यक्षदर्शीलाई उपस्थित गराउन आदेश दिएको छ।

‘जाहेरीवाला, मुचुल्कामा कागज गर्ने मानिस, घटनास्थल प्रकृति मुचुल्का गर्ने मानिस, प्रत्यक्षदर्शीलगायत प्रहरीमा घटना विवरणमा कागज गर्ने वादी पक्षका साक्षीलाई जिल्ला सरकारी वकिलको कार्यालय मार्फत उपस्थित गराउनु’, बुधबार आदेशमा भनिएको छ। 

मानबहादुर बोहरासहित नेपाल प्रहरीका बहालवाला जवान, मारिएका आफन्तसहित ८ जनाले प्रहरीमा जाहेरी दिएका छन्। अदालतले जाहेरीकर्ताको पनि वकपत्र गराउन आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार इन्द खडकाले जानकारी दिए।

यसअघि पहिलो पटक साउन २४ गते उनीहरुको पेशी तोकिएको थियो। जिल्ला न्यायधीश पर्शुराम भट्टराईको स्वास्थ्य समस्या र टीकापुर घटनाको मुद्दा अदालतको साप्ताहिक पेशीको तालिकामा नचढेको कारण देखाउँदै सारिएको थियो। 

टीकापुर क्षेत्रका स्थानीय निकायमा थरुहट÷थारुवान प्रदेश लेख्ने आन्दोलनका क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरी बीचको दोहोरो झडपमा नौजनाको मृत्यु भएको थियो।

जाहेरीका आधारमा टीकापुर घटनाको मुख्य योजनाकारको आरोप त्यस क्षेत्रबाट प्रतिनिधिसभामा जितेका सांसद रेशमलाल चौधरीलाई लागेको छ। उनी काठमाडौंको सदर जेलमा छन्। उनलाई चुनाव जितेपछि कैलाली जिल्ला अदालतले नै पुर्पक्षमा राख्न आदेश दिएको थियो। त्यसपछि उच्च अदालतमा पुनरावेदन गरेका उनलाई उच्च अदालतले पनि जिल्ला अदालतकै आदेश सदर गरेको थियो। अहिले उनले आफू थुनामुक्त हुनुपर्ने भन्दै सर्वोच्च मुद्दा दायर गरेका छन्।

रेशमबाहेक कैलाली कारागारमा रहेका २३ जनाले भने सर्वोच्चबाट मुद्दा हारेका थिए। कैलाली कारागारमा लक्ष्मणसहितका २३ जना बन्दी रहेका छन भने दुईजना नाबालक करन चौधरी र श्रवण चौधरी पोखराको बालसंरक्षण गृहमा राखिएका छन्। टीकापुर घटनाका ३२ जना फरारको सूचीमा छन्।

कैलाली कारागारमा रहेका टीकापुर घटनाका आरोपी
रामप्रसाद चौधरी
प्रेम बहादुर चौधरी
सुन्दरलाल कठरिया
राजकुमार कठरिया
रामकुमार कठरिया
दिलबहादुर चौधरी
हरिनारायण चौधरी
सन्तराम चौधरी
रामनरेश चौधरी
बीरबहादुर चौधरी
जीतबहादुर चौधरी
किशनला चौधरी
राजेश चौधरी
बृजमोहन चौधरी
सन्तोष थारु
विश्राम चौधरी
श्रावण चौधरी
लक्ष्मण थारु
लाहुराम चौधरी
करण चौधरी
नुरुल जागा
प्रदिप चौधरी
चुन्नीराम चौधरी
 विसराम चौधरी
 सन्तकुमार चौधरी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.