कांग्रेसले जलायो शिक्षा नियमावली

कांग्रेसले जलायो शिक्षा नियमावली

दमक : प्रधानमन्त्री केपी ओलीको गृहनगरमा नेपाली कांग्रेसले शिक्षा नियमावली जलाएको छ। दमक नगरपालिकाले आफ्ना आसेपासेलाई मात्रै खुसी पार्ने उद्देश्यले शिक्षा नियमावली ल्याएको भन्दै कांग्रेसले बिहीबार नगरपालिका घेराउ गर्दै नियमावली जलाएको हो।

कांग्रेसका नेता कार्यकर्तासहितको एक टोलीले नगरपालिकामा पुगेर ज्ञापनपत्र बुझाएपछि शिक्षा नियमावली जलाएका हुन्। शिक्षा नियमावलीले विद्यार्थी र अभिभावकमैत्री नभएको भन्दै कांग्रेसले पटक पटक नियमावली खारेजीको माग गर्दै आएको छ। 

कांग्रेसले उठाएका माग पूरा गर्ने तर्फ नगरपालिकाले चासो नदिएपछि सार्वजनिकस्थलमा नै नियमावली जलाउनु परेको कांग्रेस नेतृ तथा संघीय संसद सदस्य महेन्द्रकुमारी सुब्बाको भनाय छ ।

घेराउपछि आयोजित कोणसभामा कांग्रेस नगर सभापति रोशन विष्टले आफूहरु विकासको विरोधी नभएको तर नागरिकलाई कुनै सुविधा नै नदिई कर मात्रै असुल्ने पक्षमा समर्थन नरहने चेतावनी दिए। जनताको अधिकार रक्षाको लागि कांग्रेस सधैं खबरदारीको पक्षमा उभिने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.