कर्मचारी र होटल व्यवसायी गरिबको सूचीमा

कर्मचारी र होटल व्यवसायी गरिबको सूचीमा

कालिकोट :  जिल्लाको नरहरीना गाउँपालिका–३ कुमालगाउँ निवासी कलु सुनारको अवस्था निकै दयनीय छ । उनले भारी बोकेर, मागेर ७ जनाको परिवार पाल्दै आएकी छन् । नेपाल सरकारबाट गठित गरिब घरधुरी सहयोग समन्वय बोर्ड सचिवालयले सर्वेक्षण गरेको गरिब घरधुरी परिचयपत्रमा उनी मध्यम गरिबमा परेकी छन् । तर, नरहरिनाथ गाउँपालिकाकै स्थानीय सरकारी कर्मचारीका पत्नी र होटल व्यवसायी अति गरिबमा परेका छन् ।

कलु सुनारको ७ जनाको परिवार छ । उनका ३ नाति एक नातिनी, १ पलाती, एक नातिने बुहारी र आफू गरी ७ जनाको परिवार भारी बोकेर, गाउँमा मागेर छाक टार्दै आएका छन् । उनको छोरा बिरामी भएर मृत्यु भएपछि बुहारीले अर्को विवाह गरिसकेकी छन् । श्रीमान् पनि छैनन् । नातिले गाउँमा भारी बोकेर कमाएको पैसाले खाद्यान्न किनेर जीविका चलाउँदै छन् । उनले ०६६ सालमा कुमालगाउँ गाविस खुला दिसामुक्त गाविस बनाउने अभियानमा चर्पी बनाउने केही उपाय नभएपछि चुलोको ओदान बेचेर चर्पी बनाइन् । त्यसबाट उनले जिल्ला खानेपानी तथा सरसफाइ समितिबाट केही पुरस्कार पनि प्राप्त गरेकी थिइन् ।

कलुर सुनारजस्ता गाउँमा सायद गरिब कोही छैनन् । उनी नरहरिनाथ गाउँपालिका भरी सबैेभन्दा बढी गरिब र समस्यामा छन् । उनी मध्यम गरिबमा परेर त्यहाँकै स्थानीय केही सरकारी कर्मचारी शिक्षक पत्नी र जिल्ला सदरमुकाम मान्ममा ठूलै होटल व्यवसाय गर्ने व्यपारीकी पत्नी अति गरिबमा परेकी छन् । जुन विषयमा नागरिक समाज नरहरिनाथ गाउँपालिकाले विज्ञप्तिसहित विरोध गर्नुका साथै गरिब घरधुरी परिचयपत्र छानबिनका लागि माग पनि गरेको छ ।

स्थानीयका अनुसार नरहरिनाथ गाउँपालिका–९ का हाल जिल्ला सदरमुकाम मान्ममा होटल हिलसाइड चलाइरहेका अमरबहादुर शाहीकी पत्नी हजारी अति गरिबको सूचीमा परेकी छन् । यस्तै, वडा नं. १ का शिक्षक शेरबहादुर विष्टकी पत्नी दु्रपतादेवी पनि मध्यम गरिबमा परेकी छन् । साविकको लालु गाविसका पूर्वअध्यक्ष गोर्खबहादुर विष्ट, नरहरिनाथ गाउँपालिका–९ जनकल्याण प्राविका शिक्षक जितेन्द्रबहादुर बोहरा पनि अति गरिबकै सूचीमा छन् ।

नरहरिनाथ गाउँपालिका नागरिक सञ्जालका संयोजक हीरामणि सिम्खडाले गरिबका नाममा धनीहरूले नै गरिबको परिचयपत्र पाएको भन्दै विरोध जनाए । उनले गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टलाई ज्ञापनपत्र बुझाउँदै गाउँपालिकामा वितरण गरिएको गरिब घरधुरी परिचयपत्र छानबिन गर्न माग गरे । उनले गाउँपालिकामा रहेका अधिकांश गरिब छुटेको र धनी तथा सरकारी कर्मचारी, व्यापारीले परिचयपत्र पाएको बताए ।

नेपालको सन्दर्भमा आधारभूत आवश्यकताको मूल्यको आधारमा गरिबीको रेखा निर्धारण गरिएको छ । अन्तर्राष्ट्रिय रूपमा मान्य सिद्धान्तका आधारमा मानिसलाई आवश्यक पर्ने गाँस (खाद्य पदार्थ, बास (आवास) र कपास (लत्ताकपडा, शिक्षा, स्वास्थ्यलगायत अन्य दैनिक वा भैपरी आउने खर्चको मूल्यांकन गरी तिनीहरूको समष्टि रूपलाई गरिबीको सीमा मानिएको छ ।

गरिबको सूचीबाट नाम हटाइदिन अनुरोध

यस्तै, जिल्लाको सदरमुुकाम रहेको खाँडाचक्र नगरपालिका–२ निवासी अजबहादुर शाहीले आफू गरिब नभएको र गरिबको सूचीबाट आफ्नो नाम हटाइदिन नगरपालिकामा निवेदन दिएका छन् । जिल्ला सदरमुकाम मान्म गाविसको पूर्व गाविस अध्यक्षसमेत रहेका समाजसेवी शाहीले आफूलाई थाहै नभई गरिबको सूचीमा आफ्नो नाम आएको बताउँदै गरिबको सूचीबाट नाम हटाउन नगरपालिकामा निवेदन दिएको बताए ।

उनले जिल्लाको खाँडाचक्र नगरपालिकामा धेरै नागरिक गरिबीको समस्या खेपिरहेका छन् । उनले भने, ‘उनीहरूको नाम समावेश होस् । धेरै गरिब परिवार यसमा छुटेका छन् । मलाई थाहै नदिई कसैले नाम चडाइदिएछ । त्यसैले मैले गरिबको सूचीमा नाम समावेश भएको थाहा पाएपछि हटाउनका लागि निवेदन दिएको बताए । यस्तै, नरहरिनाथ गाउँपालिका–९ का हाल जिल्ला सदरमुकाम मान्ममा होटल हिलसाइड चलाईरहेका अमरबहादुर शाहीकी पत्नी हजारी अति गरिबको सूचीमा परेको विषयमा उनका छोरा धर्मेन्द्रले आफूले पनि आमाको नाम हटाउन निवेदन दिने बताए । उनले पहिले आफ्नो परिवार विस्थापित भएर गरिब नै रहेको र ०७१ सालदेखि जिल्ला सदरमुकाम मान्ममा होटल व्यवसाय सञ्चालन गरेको बताए ।

सरकारले अति गरिब, मध्यम गरिब र सामान्य गरिब गरी गरिब घरधुरीललाई तीन भागमा बाँडेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.