छोडेर गएकी श्रीमतीलार्इ फर्काउन छोराको अपहरण !

छोडेर गएकी श्रीमतीलार्इ फर्काउन छोराको अपहरण !

धनगढी : कैलालीबाट अपहरणमा परेका ५ वर्षीय बालकको ९ घण्टापछि सकुशल उद्दार गरिएको छ । सोमबार विहान ९ बजे कैलारी गाउँपालिका–६ बेलौनी गाउँ बस्ने पाँच वर्षीय बालक छेमाङ चौधरीको अपहरण भएको थियो ।

अपहरणकारीले खेमाङकी आमा बिना चौधरीलाई फोन गर्दै भोली विहान काठमाडौँ बसपार्कमा भेट्न आउनु भन्दै मार्ने धम्की दिएका थिए । कैलारी गाउँपालिका–६ का अध्यक्षबाट बालकको अपहरणबारे जानकारी पाएपछि प्रहरीले अपहरणकारीलाई झण्डै ९ घण्टापछि दाङको भालुवाङबाट पक्राउ गरेको हो । 

प्रहरीका अनुसार गोदावरी नगरपालिका, लालपुर बस्ने ३० वर्षीय वृजु चौधरी पक्राउ परेका हुन् । अपहरणकारीको फोनको लोकेशनको आधारणमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । 

दिउँसो २ बजे अपहरणकारीको फोनको लोकेशन हेर्दा बाँकेको शमशेरगञ्जमा देखिएपछि प्रहरीले पुर्व–पश्चिम राजमार्गमा खोजतलास बढाएको थियो । उनले छोडेर गएकी श्रीमती पाउनका लागि छोराको अपहरण गरेका प्रहरीले जनाएको छ । 

आफूसँग दुई महिना बसेर पुरानै घरमा फर्किएकी श्रीमतीलाई पाउन युवकले पुरानो घरमा रहेको छोरा अपहरण गरेका थिए । प्रहरी उपरीक्षक बिनोद घिमिरे दिएको जानकारी अनुसार सोमबार बिहान ९ बजे अपरम्पार आधारभूत विद्यालय एक कक्षामा अध्ययनरत बालकलाई स्कुलबाटै अपरहण गरिएको हो । 

छेमाङकी आमा बिना चौधरी बृजेशकी पूर्वपत्नी हुन् । उनी दुई महिना बृजेशसँग बसेर पुरानै घर फर्किएकी थिइन् । ‘बिनालाई घर फर्काउन कुनै सीप नचलेपछि उनले छोरा अपहरणको प्रपञ्च रहेको जस्तो देखिन्छ’ प्रहरी उपरीक्षक घिमिरेले भने, ‘स्कुल बाहिर बोलाएर पोशाक र झोलासहित अपहरण गरिएको छ ।’ 

विद्यालयले छेमाङ अपहरणमा परेको हसुलिया इलाका प्रहरी कार्यालयलाई जानकारी दिएपछि घट्ना बाहिर आएको हो । बिना बालकृष्ण चौधरीकी श्रीमती हुन् । छेमाङ उनीहरुबाट जन्मेको दोस्रो सन्तान हुन् । उनीहरुको अर्को छोरा पनि रहेको छ । बालकृष्णलाई छोडेर बिना बृजेशसँग गएकी थिइन् तर  उनका पनि घरमा श्रीमती भएकाले दुई महिनापछि फर्किएकी थिइन् । उनले पोइल गएकी श्रीमती फर्काउन अपहरण गरेका प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.