अमेरिकाको भिसा त्यागेर गाईपालन

अमेरिकाको भिसा त्यागेर गाईपालन

तानसेन : माइतीले अमेरिका पुगेर भिसा पठाउँदा पनि पाल्पा तानसेनकी कमला रिजालले गाइगोठ छाडेकी छैनन्। उनलाई अमेरिकाभन्दा गोठका गाई नै प्यारो लागेको छ। एउटा गाईबाट सुरु भएको उनको व्यवसाय अहिले एक करोडमाथिको लगानीमा पुगेको छ। गृहणीमै सीमित रिजाल अहिले देशमै चर्चा पाउने उद्यमीमध्ये बनेकी छन्। ‘स्वदेशमै काम गर्नुजस्तो आनन्द अमेरिकामा कहाँ होला र ? उनले भनिन्, ‘म यही पेसामै सन्तुष्ट छु।’

अहिले उनको फार्ममा ७० वटा गाई पुगेका छन्। तानसेन नगरपालिका–९ की कमलालाई गाई पालनमा पति सुकदेवले साथ दिएका छन्। कमलाको फार्ममा हाल ४० वटा दुहुना र ३० वटा कोरली गाई छन्। ४० वटा दुहुना गाईबाट कमलाले दैनिक ३ सय लिटर दूध बिक्री गर्दै आएकी छन्। दूध बिक्रीबाट दैनिक १५ देखि १७ हजार रुपैयाँ आम्दानी हुन्छ। डुम्रे दुग्ध सहकारी संस्थाले दूध खरिद गरी कमलालाई मासिक न्यूनतम पाँच लाख रुपैयाँ बुझाउँदै आएको छ।

गाईपालनमा लागेकी कमला अहिले व्यावसायिक गाईपालक भएकी छन्। उनको जोस जाँगरले अझै उचाइ लिँदै छ। गाईपालन व्यवसायलाई अझ व्यावसायिक बनाउने योजनामा उनी लागिपरेकी छन्। कमलाले दैनिक ५ सय लिटर दूध बिक्री गर्ने र एक सयभन्दा बढी गाई पाल्ने योजनाका साथ काम गरिरहेकी छन्। ‘मैले एउटा गाईबाट व्यवसाय सुरु गरेर हालसम्म ७० वटा गाई पुर्‍याएकी छु। एक सय वटा दुहुना गाई पाल्ने र एक हजार लिटरसम्म दैनिक दूध उत्पादन गर्ने सोच बनाएकी छु।’ उनले भनिन्।

उनको फार्ममा अहिले मेसिनबाट दूध दुहिन्छ। मेसिनबाटै साझै भाँडामा संकलन हुन्छ। गाईलाई घाँस र दानापानी ल्याउन आफ्नै साधान छ। उनले फार्मवरिपरि प्रशस्त घाँस रापेकी छन्। गोबर मलमुत्र सीधै घाँसे स्थानमा जाने गरी व्यवस्थापन गरिएको छ।७० वटा गाईको हेरचाह, पालनपोषण पतिपत्नीले मात्र गर्दै आएका छन्। उनीहरूले कामदार नखोजेका पनि होइनन्। तर ३० हजार तलब दिँदासमेत कोही आएन। उनले सरकारबाट कुनै पनि किसिमको सुविधा पाएकी छैनन्। ‘मैले अनुदान पाउँछु कि भनेर काम गरेकी हैन, स्वदेशमै पनि धन कमाउन सकिन्छ भने प्रमाण दिएकी हुँ’, उनले गर्वसाथ भनिन्।

पाल्पामा हालसम्म व्यावसायिक रूपमा ९६ वटा गाई फार्म, २७ वटा डेरी पकेट क्षेत्र सञ्चालनमा रहेका छन्। जिल्लाको सोमादी, छहरा, भैरवस्थान, मस्याम, मदनपोखरा, रुप्से, बौघापोखराथोक, रामपुर, खालीवनलगायत २० भन्दा बढी स्थान दूध उत्पादन पकेट क्षेत्र बनेको छ।एउटा जर्सीक्रस, होलेस्टिक क्रस गाई र भैंसीबाट किसानहरूले दैनिक १२ देखि १८ लिटरसम्म दूध बिक्री गर्दै आएका छन्। जिल्लाबाट सिजनमा दैनिक ६ हजार लिटर दूध उत्पादन हुँदै आएको छ।

जिल्लामा रिजाल गाई फार्म, मस्यामको मुनाल गाई फार्म, अस्लामी गाई फार्म, रामपुरको लक्ष्यभेनु गाई फार्म ठूला गाई फार्म हुन्। जिल्लामा मात्र करिब ६० करोड रुपैयाँ पशुपालन क्षेत्रमा लगानी भएको र दूधमा आत्मनिर्भर भई बाहिरी जिल्लामा निर्यात हुँदै आएको छ। पाल्पाका ठूला डेरी फार्महरूले पोखरा, बुटवल र काठमाडौंमा दूधसँगै दूग्धजन्य वस्तु छुर्पी, दही, पनिर निर्यात गर्दै आएका छन


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.