टीकापुरको घाउ अझै सुषुप्त

टीकापुरको घाउ अझै सुषुप्त

धनगढी : थारू समुदायका अगुवाले टीकापुर घटनाको घाउ सुषुप्त अवस्थामा जीवित रहेको बताएका छन् । थरुहट÷थरुवान संयुक्त संघर्ष समितिद्वारा धनगढीमा आयोजित कार्यक्रममा थारू अगुवाले समुदायस्तरमा सामान्य अवस्था देखिए पनि धेरै थारू नेता अनिर्णयको बन्दी बनाएकाले टीकापुरको घाउ सुषुप्त रहेको बताएका हुन् ।

‘सरकारले हालसम्म थारूको एजेन्डा सम्बोधन गर्न सकेको छैन, न त घटनाको छिटो छानबिन गर्न सकेको छ’, थरुहट÷थरुवान संयुक्त संघर्ष समितिका संयोजक कृष्णकुमार चौधरीले भने, ‘टीकापुर घटना छानबिनका लागि विभिन्न उच्चस्तरको छानबिन टोली बने पनि कसैको छानबिन बाहिर आएन ।’

उनले बेला–बेला गठन भएका छानबिन समितिका प्रतिवेदन तयार भएर सार्वजनिक नहुनाले थारू समुदायमा आक्रोश बढेको बताए । जनजीवन साम्य पार्न राज्यले गम्भीर रूपमा अगाडि बढ्नुपर्ने उनीहरूको माग छ ।

थारू कल्याणकारिणी सभा कैलालीका सल्लाहकार गोपाल चौधरीले भने, ‘अधिकार माग्दा राज्यले बल प्रयोग गरेर दमन ग¥यो । त्यसको दुःखद परिणाम टीकापुर घटना हो । त्यसको असर अहिलेसम्म भोग्दै छौं ।’ उनले अब सरकारले क्षतिपूर्तिसहित न्याय दिनुपर्ने बताए ।

टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका रेशम चौधरी फरार रहेकै अवस्थामा जसरी ठूलो मतान्तरले चुनाव जिते यसले टीकापुर क्षेत्रको थारू समुदाय अहिले पनि थरुहट एजेन्डामा विचलित छैन भन्ने पुष्टि भएको टीकापुर नगरपालिका–१ का रेवन्त चौधरीले बताए । राज्यको पुनःसंरचना एवं संविधान निर्माण क्रममा कैलाली कञ्चनपुरसहित थारू बहुल क्षेत्रसहितको थरुहट प्रदेश र मौजुदा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको एक प्रदेश बनाइनुपर्ने माग राखी दुई परस्पर विरोधी आन्दोलनका क्रममा टीकापुर घटना भएको थियो । हालसम्म सांसद रेशम चौधरी, थरुहट नेता लक्ष्मण थारू, थारू कल्याणकारिणी सभा कैलालीका सभापति लाहुराम चौधरीसहित २६ जनालाई पुर्पक्षकै लागि थुनामा राखिएको छ । उनीहरूको मुद्दा अदालतमा विचाराधीन छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.