नियम मिचेर जग्गा प्लटिङको अनुमति

नियम मिचेर जग्गा प्लटिङको अनुमति

गोरखा : पहिलो नगरपरिषद्ले गरेको निर्णय कुल्चेर पालुङटार नगरपालिकाले जग्गा प्लटिङ गर्न अनुमति दिएको छ । वडा नं. ७ च्याङ्लीका विभिन्न ठाउँमा घरजग्गाको कारोबार गर्ने व्यवसायीलाई नगरपालिकाले जग्गा प्लटिङ गर्न अनुमति दिएको हो ।

केही समयअघि च्याङ्लीका राजीव पन्तले बिरुवाटारको नयाँ पुल आसपास करिब २० रोपनी जग्गा प्लटिङ गरेका छन् । पन्तले सो जग्गालाई करिब ९० वटा कित्ता बनाएर नापी तथा मालपोत कार्यालयबाट समेत पास गरेका छन् । एक वर्षमा एउटाभन्दा धेरै कित्ताकाट गर्न नपाइने सरकारी नियम मिचेर नापी तथा मालपोत कार्यालयले सो जग्गा कित्ताकाट गरी पास गरेको हो । प्लटिङ गरिएको सो जग्गाको नगरपालिकाले घरबाटो पासका लागि राजस्व लिएको छ भने वडा कार्यालयले घरबाटो पासका लागि सिफारिस दिएको जनाएको छ ।

पालुङटार नगर कार्यपालिकाको गतवर्ष सम्पन्न पहिलो परिषद्ले नगरपालिकाको स्वीकृतिबिना जग्गा प्लटिङ गर्न नपाइने निर्णय गरेको थियो । स्वीकृति नलिइ प्लटिङ गरेको पाइए किनबेचमा रोक्का गर्ने, घरबाटोको पास नदिनेलगायत निर्णय गरेको थियो । साथै प्लटिङ अनुमति नगरपालिकाले पास गरेको बस्ती विकास सहरी योजना तथा भवन निर्माण सम्बन्धी मापदण्ड २०७२ अनुसार लागू गर्ने निर्णय गरेको थियो । मापदण्ड र नीतिविपरित नगरपालिकाले प्लटिङ गरिएको जग्गाको घरबाटोका लागि सिफारिस दिएको हो ।

प्लटिङका लागि सोही वडाको खत्रीटारस्थित कुनाखेतमा हालै एक सय ७० रोपनी जग्गा किनबेच भएको वडाध्यक्ष वसन्त श्रेष्ठले बताए । ‘मेयरसाब दिनहुँ ओहोरदोहोर गर्ने कुनाखेतमा एक सय ७० रोपनी जग्गा हालसालै पास भएको छ’ वडाध्यक्ष श्रेष्ठले भने, ‘हाम्रो नगरपालिकामा कागजमा नीति निर्माण हुन्छ, कार्यान्वयन केही हुँदैन । नगरपालिका कार्यालयले घरबाटो सिफारिसका लागि राजस्व लिन्छ । नगरपालिकाले राजस्व लिएपछि वडा कार्यालयले सिफारिस नदिई सुखै छैन, त्यसैले सिफारिस दिएका हौं ।’

घरजग्गा कारोबारीहरूले सो ठाउँमा एउटा घडेरी किन्नेलाई घर बनाउनका लागि दुई सय बोरा सिमेन्ट उपहारको स्किम जारी गरेको स्रोत बताउँछ । जग्गा प्लटिङ गरेका पन्तले भने सो जग्गा किनबेचका लागि नभई अंश बाँडफाँड गरेको दाबी गरेका छन् । नगरपालिकाका मेयर दीपकबाबु कँडेलले जग्गा प्लटिङ गर्न निषेध गरेको भन्दै कसैले प्लटिङ गरेको भेटिए रोक्का गर्ने बताए । ‘त्यसरी प्लटिङ गरिएको भन्ने जानकारी हुनेबित्तिकै मैले वडाध्यक्षलाई लिखित स्पष्टीकरण सोधेको थिएँ’, उनले भने, ‘हामीले विधिवत रूपमा निषेध गरेका छौं । नगरपालिकाभित्र प्लटिङ गर्न पाइँदैन । यदि कसैले गरेको भए रोक्छौं ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.