विदेश छाडेर कुखुरापालन

विदेश छाडेर कुखुरापालन

डोटी : डोटी शिखर नगरपालिकाको तिजालीका भोजराज ओझाले जीवनको उर्वर २५ वर्ष भारतमा बिताए। घर खर्च चलाउन डोटीमा कुनै काम नपाएपछि उनी मजदुरीका लागि यती लामो समय भारत बसेका हुन।

घर परिवारमा सदस्य संख्या बढ्दै गएपछि उनलाई भारतको कमाइले समेत घर खर्च चलाउन समस्या भयो। घरको जिम्मेवारी पनि सम्हाल्नुपर्ने र भारत गएर कमाउनु पनि पर्ने भएकाले उनलाई थप समस्या देखियो।

जहाँ समस्या त्यहाँ उपाय भनेझै ओझा बिगत दुई वर्षदेखि भारत गएका छैनन्। दुई वर्षदेखि उनले आफ्नै घरमा कुखुरापालन व्यवसाय सुरु गरेका छन्। घर खर्च चलाउन धौ धौ हुने गरेका, उनको अहिले सहज रूपमा घरखर्च चलिरहेको छ।

घरमै खोर बनाएर उनले कुखुरा फर्म सञ्चालन गरिरहेका छन्। ओझाले आफ्नै मासु पसल समेत खोलेका छन्। विभिन्न खोरमा उनीसँग २५ सय चल्ला र २५ सय तयारी कुखुरा छन् अहिले। ‘आफ्नो वडामा मात्र होइन, अहिले छिमेकी वडा तथा नगरपालिकाको केन्द्र रहेको तल्कोट क्षेत्रमा समेत कुखुरा बिक्री गर्दै आएको छु’, उनले भने।

‘भारत हुँदा घर खर्च चलाउन धौधौ पथ्र्यो, अहिले घरखर्च पनि चलेको छ, घरको हेरविचार पनि भएको छ।’ एक लाखबाट सुरु गरेको कुखुरा पालनमा अहिले उनले पाँच लाखभन्दा बढीको लागानी लगाइसकेको बताए। ‘भारतमा छँदा महिनामा १५/२० हजारसम्म मात्र कमाइ गर्न सकिन्थ्यो, अहिले सबै खर्च कटाएर महिनाको ३० हजारभन्दा बढी बचत हुने गरेको छ’, उनले भने। उ

नको कुखुरा ब्व्वसायमा कुनै निकायको सहयोग छैन। ‘भारत भौतारिन छोडेर यो व्यवसाय पहिलेनै गरेको भए अहिलेसम्म मेरो राम्रो व्यवस्था भइसक्ने रहेछ’, उनले भने। ओझाको सुझाव भारतमा भौतारिरहेका धेरै नेपालीलाई स्वदेशमै केही गर्न सुझाव छ। ‘इमान्दारिताका साथ व्यवसाय गरे आफ्नै ठाउँमा राम्रो कमाइ हुन्छ’, उनले भने।

डोटीको शिखर नगरपालिका– ५ तिजालीका भोजराज ओझाले सञ्चालन गरेको कुखुरा फर्म। फोटोः खगेन्द्रबहादुर सिंह


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.