कांग्रेसको नयाँ विधान बन्दै

कांग्रेसको नयाँ विधान बन्दै

काठमाडौं : कांग्रेसको विधान मस्यौदा समितिले नयाँ विधानको खाका बनाउने काम थालेको छ। गत साता महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वमा गठित विधान मस्यौदा समितिको मंगलबार बसेको दोस्रो बैठकले काम गर्ने कार्यविधि तय गरेको हो।

कार्यविधिसँगै नयाँ विधान बनाउने टुंगो लागेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले विधान मस्यौदा समिति गठन गर्दै संघीय ढाँचाको नयाँ विधान तयार गर्न निर्देशन दिएका थिए। ‘हामीले काम अघि बढाएका छौं, बिहीबार कार्यतालिका नै बनाएर प्रक्रिया अघि बढ्नेछ’, महामन्त्री खड्काले भने, ‘समितिले मंगलबार तय गरेको कार्यविधिअनुसार एक साताभित्र विभिन्न क्षेत्रबाट लिखित रूपमै सुझाव संकलन गर्दै छ।’

विज्ञ एवं दलका भ्रातृसंगठन एवं शुभेच्छुक संस्थालाई समेटेर सुझा लिने मस्यौदा समितिका सदस्य प्रदीप पौडेलले बताए। संघ र प्रदेशका संसदीय दलबाट पहिलो चरणमा लिखित सुझाव मागेको पनि उनले स्पष्ट पारे। सामाजिक सञ्जालबाट समेत पार्टीको नयाँ विधानबारे सुझाव संकलन गर्ने समितिको तयारी छ। पार्टीको अहिले संरचना विस्थापित गर्दै संघीय संरचनामा कांग्रेसलाई रूपान्तर गर्ने हुनाले यो विधान बनाउने प्रक्रियालाई पार्टीभित्र र बाहिरबाट समेत चासोपूर्वक हेरिएको छ।

कांग्रेस केन्द्रीय समिति बैठकले विधान पास गरेर महासमिति भेलाको दुईतिहाइबाट पारित गरेपछि मात्र लागू हुनेछ। कांग्रेसको यो समितिले विभिन्न क्षेत्रबाट सुझाव संकलन गरेपछि त्यसलाई प्रादेशिक तहमा अन्तक्र्रियामा लैजानेछ। जिल्ला सभापतिको भेलाबाट जिल्लाको सुझाव यसअघि नै संकलन गरिसकेको खड्काले बताए। भदौ २१ सम्म अन्य सबै क्षेत्रको सुझाव आएपछि पहिलो मस्यौदा अघि बढ्ने उनको भनाइ छ।

संघीय संरचनाअनुसार कांग्रेसले पार्टीको केन्द्र, प्रदेश, जिल्ला, संघीय निर्वाचन क्षेत्र, प्रादेशिक निर्वाचन क्षेत्र र स्थानीय तहलाई केकसरी अधिकार दिने, पार्टीको क्रियाशील सदस्यताबारे कसरी नयाँ व्यवस्था गर्ने र नयाँ संरचनाअनुसार पार्टीको महाधिवेशन र महासमिति प्रतिनिधि कसरी चयन गर्ने भन्ने विषय समितिका लागि पेचिलो विषय बनेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.