ढुंगामाटो र कागज खाने भारतीयलाई नयाँ जीवन दिने नेपाली

ढुंगामाटो र कागज खाने भारतीयलाई नयाँ जीवन दिने नेपाली

स्याङ्जा : ‘देख्दा पनि अचम्मै लाग्ने । करिब ८/९ महिनादेखि स्याङ्जा सदरमुकाममा यताउता घुमिरहने । सदरमुकामस्थित सहिदचोकको प्रमुख बजार उनले दैनिक ५० पटक भन्दा बढी फेरो मार्थे । घुमेर थाकेपछि एउटा कुनामा बसेर कागजका टुक्रालाई सुक्का रोटीझैं खान्थे । उनले कयौं किलो ढुंगाा चपाए, कयौं लिटर नालामा बगेको पानी पिए ।’ 

उनी हुन् भारतीय मुलका जस्ता देखिने करिब ३२ देखि ३५ वर्षका मानसिक सन्तुलन कम्जोर भएका युवक । पुतलीबजार नगरपालिका–१ अभियानपथका केही स्थानीयको हेरचाह र औषधोपचारले जसको जीवनमा ठूलो परिवर्तन देखिएको छ । 

सदरमुकाममा बसेर होटल व्यवसाय गर्दै आएका हिमलाल ढकाल र राजकुमार आचार्यको नियमित हेरचाहले उनको जीवनमा चमत्कारिक परिवर्तन भएको छ । विहानदेखि चिया र साँझको खानाको व्यवस्था राजकुमार आचार्यले गरेका थिए भने औषधोपचार लगायत रेखदेखको व्यवस्था हिमलाल ढकालले गर्दथे । 

‘भर्खरको केटो । एकोहोरो हिँडिरहने । अन्य मानसिक सन्तुलन गुमाएका व्यक्तिको भन्दा फरक ब्यवहार देखेपछि भाइ, छोरो जस्तो लागेर उसलाई खानेबस्ने ब्यवस्था   मिलाएका हौँ’, ५६ वर्षे हिमलाल ढकाल भन्छन्, ‘डा. लुम्बेश्वर आचार्यले यिनको स्वास्थ्य परीक्षणपछि दिएको औषधिले २० दिनमै धेरै परिवर्तन देखियो, आफनो घर ठेगाना बताउन थाले ।’ 

ती युवकका लागि निर्माणाधिन सभागृहमा बस्ने व्यवस्था मिलाइएको छ । बोल्दै नबोल्ने र एक्लै बस्न रुचाउने ती युवा अहिले साथीहरुसँग कुरा गर्न खोज्छन् । आफनो घरबाट लिन आए जाने मन भएको उनी बताउँछन् ।

आज तिनै मानसिक असन्तुलित ब्यक्ति आफनो नाम जितेन्द्र अग्रहरि र घर भारतको मिर्जापुरमा भएको बताउँछन् । विन्द्याञ्चल सेरोफेरो रहेको मिर्जापुरमा द्वारिकानाथ अग्रहरि आफना बाबा वकिल पेशाका भएको उनी खलाउँछन् । आमा मुन्नीदेवीले घरमा काम गर्ने उनले सुनाए । आफ्ना ४ दाजुमध्ये जेठो त्रिलोक र अर्को त्रिभुवनको नाम पनि उनी बारम्बार लिइरहन्छन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.