विराट कोहलीले एसिया कप नखेल्ने

विराट कोहलीले एसिया कप नखेल्ने

दिल्ली : भारतीय कप्तान विराट कोहलीले अर्काे साताबाट संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने एसियाली क्रिकेट काउन्सिल (एसीसी) एसिया कप क्रिकेट नखेल्ने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले एसिया कपमा कप्तान विराटलाई आराम दिएको छ ।

उनको अनुपस्थितिमा रोहित शर्माले एसिया कपमा भारतीय टोलीको नेतृत्व गर्नेछन् । भारतीय टोलीको उपकप्तानको जिम्मेवारी शिखर धवनलाई दिइएको छ । भारतीय टोली अहिले इङ्ल्यान्डमा घरेलु टोलीविरुद्ध पाँच टेस्टको शृंखला खेलिरहेको छ । इङ्ल्यान्डविरुद्धको टेस्ट शृंखला एसिया कप सुरु हुने चार दिनअघि मात्रै सकिनेछ ।

एसिया कप सकिएको सात दिन पनि नबित्दै भारतले वेस्ट इन्डिजविरुद्ध राजकोटमा अर्काे टेस्ट शृंखला खेल्दै छ । त्यसलगत्तै भारतीय टोली अस्टे«लिया भ्रमणमा जानेछ । राष्ट्रिय टोलीको निरन्तर व्यस्त खेल तालिका रहेकाले टिम छनोट समितिले विराटलाई आराम दिने निर्णय गरेको हो ।

‘निरन्तरको खेलतालिका तथा कप्तान र टोलीको मुख्य खेलाडीको हैसियतले उनले खेल्नु परेको जिम्मेवारीका कारण उनलाई हामीले आराम दिने निर्णय गरेका हौं’, टोली छनोट समितिका अध्यक्ष एमएसके प्रसादले भने, ‘किनभने उनी आईपीएलदेखि निरन्तर खेलिरहेका छन् । इङ्ल्यान्डविरुद्धको टेस्ट शृंखलाको दौरान पनि म त्यहीँ पुगेर उनीसँग यस विषयमा छलफल गरेको थिएँ । त्यसैले उनलाई आराम दिने निर्णय गरिएको हो ।

छनोट समितिले विराटसँगै राष्ट्रिय टोलीबाट टेस्ट, टीट्वेन्टी र एकदिवसीय तीनवटै ‘फम्र्याट’को क्रिकेट खेल्ने खेलाडीहरूलाई बिस्तारै आराम दिइने पनि बताए । छनोट समितिका अध्यक्ष एमएसकेले विराटलाई आराम दिए पनि एसिया कपमा भारतको बलियो टोली पठाइने बताए । उनले हाल इङ्ल्यान्डमा टेस्ट शृंखला खेलिरहेकामध्ये धवन, केएल राहुल, दिनेश कार्तिक, हार्दिक पान्ड्या र जसप्रित बुमराहलाई भने आराम नदिइने जनाएका छन् । एसिया कप यही सेप्टेम्बर १५ देखि ३० सम्म यूएईमा हुँदै छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.