यसरी सकियो लाखे जात्रा (फोटो फिचर)

यसरी सकियो लाखे जात्रा (फोटो फिचर)

मुसीकोट :  साउन कृष्ण औंसीदेखि भाद्र कृष्ण नवमीसम्म लगभग एक महिना रुकुम पश्चिमको सदरमुकाम मसिकोट खलंगा बजारमा नाचिने दलित जातिको सांस्कृतिक पर्व लाखे जात्रा मंगबार खुलामञ्च बराहटाकारमा धुमधामका साथ सकिएको छ।

श्रीमदभागवतको कथालाई अधार बनाई कृष्ण चरित्रमा आधारित यो नाचको मुख्य भूमिकामा लाखे संस्कृतिमा आधारित एकजना लाखे, एकजना स्वाके र एकजना छोटामारोरी गरी तीनजनाको नृत्य समूहका साथमा यो नाच महिनाभरी नाचिन्छ।

खेतको काम सकेर उम्किएपछि धुलो, मैलो पखाल्नेगरी साउने झरी पर्ने र त्यो झरीले कुनैपनि हानी नोक्सानी नगरोस् भन्ने कामना गर्दै बर्खायामको समयलाई रमाइलो गरी यो नाच महिनाभरी नाचिने गरेको रुकुम लाखे जात्रा व्यवस्थापन समूहका अध्यक्ष चुडामणी नेपालीले बताए।

भाद्र कृष्ण अष्टमीका दिन मथुराको कारगारमा माता देवकीको आठौ गर्भबाट श्रीकृष्ण भगवानको जन्म भएपछि र उक्त खुसीयालीमा नाचगान गर्दै रमाउँदै कृष्ण जन्माष्टमीलाई उत्सवको रुपमा मनाइन्छ।

कृष्ण जन्माष्टमीको भोलिपल्ट भगवान कृष्णले आफूलाई मार्न खोज्ने आफ्नै मामा कंशको अन्याय र अत्याचारलाई अन्त्य गर्दै कंशको हत्या गरेको दृष्यलाई लाखे जात्रा समापनको दिन देखाइने गरिन्छ। सोमबार पनि कलाकारले निकै कलात्मक तरिकाबाट कंशको हत्या गरेको दृष्य नाचमार्फत प्रस्तुत थिए। नाच हेर्नका लगि सदरमुकाममा रुकुम पश्चिमका विभिन्न स्थानबाट सर्वसाधारणको भीड लागेको थियो।

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.