निर्मला हत्याप्रकरण: विष्टलाई चारदिन थुनामा राख्न म्याद थप

निर्मला हत्याप्रकरण: विष्टलाई चारदिन थुनामा राख्न म्याद थप

महेन्द्रनगर : १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या घटनामा प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिपसिंह विष्टलाई काठमाडौंबाट महेन्द्रनगर फिर्ता ल्याएर थुनामा राखेर अनुसन्धान गर्न चारदिन म्याद थप गरेको छ। विष्टलाई स्वास्थ्य परीक्षण पश्चात महेन्द्रनगर ल्याइएपछि आइतबार थप चारदिन म्याद थप गरिएको हो। 

२२ गतेदेखि लागु हुने गरी अदालतले ४ दिन म्याद थप गरेको अदालतका श्रेस्तेदार  हरिकृष्ण अवस्थीले जानकारी दिए। उनका अनुसार जिल्ला अदालतका न्यायाधीस डा. राजेन्द्रकुमार आचार्यको इजलासले ४ दिन थप थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो। 

अनुसन्धानकै क्रममा विष्टलाई स्वास्थ्य परीक्षणका लागि काठमाडौं लगिएको थियो। काठमाडौंस्थित शिक्षण अस्पताल र पाटन अस्पतालमा विष्टको स्वास्थ्य परीक्षण गरेपछि शुक्रबार महेन्द्रनगर ल्याइएको हो।

१० दिन स्वास्थ्य परीक्षण गरेपछि उनलाई शुक्रबार साँझ महेन्द्रनगर ल्याइएको हो। प्रहरी प्रवक्ता एवं अनुसन्धान अधिकृत डीएसपी कृष्णराज ओझाका अनुसार थप अनुसन्धान आवश्यक देखिएपछि अदालतबाट म्याद थप गरिएको बताए।

विष्टको डीएनए परीक्षण र अन्य फरेन्सीक चेकजाँचको रिपोर्ट भने आइसकेको छैन्। ‘विष्टको स्वास्थ्य परीक्षण भइसकेपछि महेन्द्रनगर ल्याइएको छ’, प्रवक्ता ओझाले भने।  उनले अनुसन्धानकै क्रममा भएकाले स्वास्थ्य परीक्षणको रिपोर्ट बताउन नमिल्ने बताए।
विष्टको मानसिक अवस्था र यौन उत्तेजना परीक्षण गर्न प्रहरीले काठमाडौं लगेको थियो। काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्ज र पाटन अस्पतालमा उनको स्वास्थ्य परीक्षण गरिएको छ। निर्मला पन्तको हत्या भएको २६ औं दिन भदौ ४ गते प्रहरीले मुख्य आरोपी बनाएर विष्टलाई सार्वजनिक गरेको थियो। 
मानसिक स्वास्थ्य ठिक नभएका व्यक्तिलाई प्रहरीले आरोपी बनाएको भन्दै महेन्द्रनगरमा आन्दोलन उग्र बनेपछि प्रहरीले उनको स्वास्थ्य परीक्षण काठमाडौंमा गराएको हो। 

साउन १० गते साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएकी बालिका पन्तको अर्काे दिन उँखुबारीमा हत्या गरिएको अवस्थामा शव भेटिएको थियो। 

भदौं ४ गते भीमदत्त नगरपालिका १९ का ४१ वर्षीय दिलिप सिंह विष्टलाई आरोपी बनाएर सार्वजनिक गरेपछि महेन्द्रनगरमा आन्दोलन चर्किएको थियो। भदौ ७ र ८ गते आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले प्रदर्शनकारीमाथि चलाएको गोली लागेर १७ वर्षीय सन्नी खुनाको मृत्यु भएको थियो भने गोली लागेर अन्य थुपै्र घाइते भएका थिए।  

सरकारले घटनाको छानबिन गर्न गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वमा छानबिन समिति बनाएको थियो। छानबिन समितिले घटनाको अनुसन्धानमा प्रहरीले सुरुवातदेखि नै कमजोरी गरेको प्रारम्भिक निष्कर्ष निकालेको छ। 

छानबिन समितिकै सिफारिसमा गृह मन्त्रालयले अनुसन्धानमा लापरवाही गर्ने तत्कालीन प्रहरी प्रमुख एसपी डिल्ली विष्टलाई निलम्बन समेत गरिसकेको छ भने अन्य प्रहरी अधिकृतलाई गृहमन्त्रालयमा तानिसकेको छ। 

कञ्चनपुरका सीडीओलाईसमेत गृहमा तानेर नयाँ सीडीओ पठाएको थियो। प्रहरीको नयाँ नेतृत्वले अनुसन्धान थालेपछि शंकाको घेरामा रहेका बम दिदीबहिनीहरुलाई समेत अहिले थुनामा राखेर अनुसन्धान भइरहेको छ। उनीहरुलाई तेस्रो पटक पाँ दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ।   
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.