जुम्लाका ५ विद्यालयलाई स्मार्ट विद्यालय घोषणा गरिने

जुम्लाका ५ विद्यालयलाई स्मार्ट विद्यालय घोषणा गरिने

जुम्ला : जिल्लाका ५ वटा विद्यालयलाई स्मार्ट विद्यालय घोषणा गर्ने तयारी गरिएको छ। विद्यालय स्मार्ट अभियानको सुरुमा जिल्लाका दर्जनौं विद्यालयमध्ये चन्दननाथ नगरपालिका भित्रका ५ विद्यालयलाई स्मार्ट विद्यालय घोषणा गरीन लागेको हो। विद्यालय स्मार्ट अवधारणा अनुसार नमुना मावि चन्दननाथ, चत्नचुण्डेश्वर मावि बोहोरागाउँ, कर्णाली मावि अनामनगर, शम्भुनाथ ज्ञानकुञ्ज मावि श्रीढुस्का, जनज्योती मावि वारकोटेलाई स्मार्ट विद्यालय बनाउने तयारी गरिएको हो।

पाँच वटै विद्यालय, त्यहाँ कार्यरत शिक्षक र विद्यार्थीको सरसफाई अवस्थामा सुधार गरी स्मार्ट विद्यालय घोषणा गर्न तयारी भएको हो। अभियान अन्र्तगत हरेक विद्यालयमया दैनिक सरसफाई क्रियाकलाप, छलफल, बहस हुनुका साथै सबै विद्यालयमा सरसफाई सम्मेलन भएका छन्। स्मार्ट विद्यालय घोषणा गर्न ६ सुचक र ७ वटा चरण पुरा गर्नुपर्ने हुन्छ।

स्मार्ट विद्यालयले स्वस्थ शौचालयको पहुँच तथा प्रयोग, सावुन पानीले हात धुने तथा व्यक्तिगत सरसफाइ नियमित गर्ने, विद्यालयमा महिनावरी स्वच्छता तथा व्यवस्थापन, शुरक्षित खानेपानी, शुरक्षित खाना र स्वच्छ बातावरणजस्ता सुचक अनिवार्य पुरा गर्नुपर्ने मापदण्ड छ।

पाँच वटै विद्यालयले सरसफाइ टोली गठन गरी हरेक दिन सरसफाइको अवस्था विश्लेषण गर्ने, विद्यालय सरसफाइ सम्मेलन गर्ने, सुधारका कार्यक्रम, वजेट व्यवस्थापन, पुरस्कार, प्रोत्साहनजस्ता पुर्ण सरसफाइका ७ वटा चरण पुरा गरीरहेका छन्। यिनै सुचकका आधारमा सबै विद्यालयले जम्मा विद्यार्थीमध्य ६ वटा समुह निर्माण गरेका छन्। समुहले हरेक दिन सरसफाई गर्ने र शुन्यदेखि सयसम्म अंक दिएर झुण्डाईएका झण्डामा सरसफाईलाई आधारमानी एक समुहले अर्को समुहलाइ प्रगतिको नम्बर दिएर विद्यालय तथा ब्यक्तिगत सरसफाई अवस्था सुधार्दै गएका छन्।

शिक्षा विकास तथा समन्वय इकाइको छनोटमा आत्म सम्मानका लागि सहकार्य क्याड नेपाल र एसएनभी नेपालले स्मार्ट विद्यालय बनाउन सहयोग गरेको हो। सो संस्थाको ७० हजार रकम सहयोगमा हरेक विद्यालयले सरसफाई कोष समेत स्थापना गरेको छ। सरसफाईका थुपै्र सामाग्री तथा क्षमताबृद्धिका तालिम लिने अवसर पाएका छन्।

स्मार्ट विद्यालय घोषणा भएपछि जिल्लाका अन्य विद्यालयको तुलनामा ती विद्यालयको शैक्षिक, भौतिक तथा सरसफाई अवस्था गुणस्तरीय हुनेछ। अहिले हरेक विद्यालय प्रतिस्पर्धाको आधारमा आआफ्नो विद्यालयलाई जिल्लाकै पहिलो स्मार्ट विद्यालय बनाउने होडबाजीमा लागेका छन्।

चन्दननाथ माविले विद्यालयको वातावरणीय तथा विद्यार्थीको ब्यक्तिगत सरसफाईमा उल्लेख्य प्रगति गरेको छ। ‘विद्यालय स्मार्ट अभियानले सरसफाइमा निकै सुधार भएको छ। विद्यालयमा छात्र÷छात्रा सौचालय, खानेपानीजस्ता सरसफाइमा आवाश्यक सबै सुविधा प्रयाप्त छ’, चन्दननाथ माविकी शिक्षिका सृर्मिता बुढाले भनिन्, ‘महिनावारी भएको समयमा विद्यालयमा सरसफाई गर्न नपाएर छात्राले घरमै बस्नुपर्ने अवस्था छैन।’ उनका अनुसार विद्यालयमा निशुल्क सेनेटरी प्याड उपलब्ध गराइएको छ। विद्यार्थीले पनि खुलेर सेनेटरी प्याड मागेर प्रयोग गर्न थालेका छन्।

सरसफाई आफ्नै लागी हो भन्ने अनुभव हुन थालेको छात्रा हरीदेवि भण्डारीले बताइन्। सरसफाई अभियन्ता धर्मराज शाहीले स्मार्ट विद्यालयका लागि गारेटो बाटो तय भएको भन्दै बाटोमा हिडेर लक्ष्यमा पुग्ने जिम्मेवारी स्वयं विद्यालयको हातमा रहेको बताए। सरसफाई सम्मेलनमा सहभागी जिल्लाका सरकारी तथा गैर सरकारी निकायले स्मार्ट विद्यालयको अवधारणा अनुसार जिल्लाका सबै विद्यालय र गाउँ घरको सरसफाइमा सुधार गरी जिल्लालाई पुर्ण सरसफाई जिल्ला घोषणा गर्ने अभियानमा लाग्नुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.