तीजमा बढ्यो व्यापार

तीजमा बढ्यो व्यापार

जुम्ला : तीज लागेसँगै जुम्लामा सुनलगायत महिलाले प्रयोग गर्ने सामानको व्यापार बढेको छ।सुनसँगै साडी चुरा, टीका, पोतेलगायत शृंगाराका सामानको व्यापार बढेको व्यापारीले जानकारी दिएका छन् ।

जुम्ला बजारमा रहेका फेन्सी तथा कस्टमेटिक पसलमा महिला तथा युवतीको भीड देखिन्छ।आर्कषक साडीदेखि गहनामा महिलाको रुचि बढेको र मागअनुसार आपूर्ति गर्न नसकिएको व्यापारीले बताएका छन्।तीजको तयारी स्वरुप जुम्ला बजारमा भेटिएका युवती तथा महिला सामान किनबेचनमा व्यस्त देखिन्छन्।सिलाइकटाइ सेन्टरमा पनि महिलाको भीड कम छैन।

तीजमा आफ्नो पसलमा मात्र झण्डै पाँच लाख बराबरको साडी तथा अन्य सामग्री बिक्री भएको व्यापारी नरबहादुर शाहीले बताए।मंगलबार मात्रै दुई लाखको व्यापार भएको अर्का व्यापारी भैरव कठायतले बताए।उनका अनुुसार तीजले व्यापार राम्रै गरेको छ, भने अर्डर अनुसारकै सामान किनबेच भइरहेको छ।तीज अवधिमा मात्रै झन्डै एक करोडभन्दा बढीको व्यापार भएको अनुमान उद्योग वाणिज्य संघका अध्यक्ष रामदत्त रावलले गरे।विभिन्न खाले क्रिम, टीका, पाउडरलगायत मेकपका सामग्रीको मात्रै मंगलबारका दिन एक लाख बराबरको कारोबार भएको अरसद कस्टमेटिक स्टोरका साविर अन्सारीले बताए।निकै महँगा सामान जुम्ली महिलाले प्रयोग गर्न थालेका छन्।पछिल्लो समय तीज फेसेनेबल बन्दै गएको अन्सारीको भनाइ छ।गत वर्षभन्दा जुम्लामा तीज लक्षित व्यापार बढेको अनुमान छ।सुनचाँदीदेखि कपडाको व्यापार गत वर्षभन्दा बढेको हो।

एक करोडभन्दा बढीको सुन कारोबार

जुम्लामा तीजलाई लक्षित गरी विभिन्न सुनचाँदी पसलेका अनुसार एक करोडभन्दा बढीको कारोबार भएको छ।गत वर्षको तुलनामा यस वर्ष सुनको कारोबार बढेको हो।तिलहरी, इन्डियन मगलसुत्र, झाला, विजलगाय गहनाको बिक्री निकै भएको विजय सुनचाँदी सपलका मालिक मनसुर सुनारल बताए।उनले भने, ‘तीजलाई लक्षित गरी झण्डै ३५ लाख बराबरको कारोबार भएको छ, निकै महँगा गहनाको माग अर्डर हुँदा पु¥याउन सकिएको छैन ।’

सुनसँगै साडी चुरा, टीका, पोतेलगायत शृंगाराका सामानको व्यापार बढेको छ।

तीजलाई नै लक्षित गरी जुम्लाकै विष्णु सुनचाँदी पसलले ५५ लाखको कारोबार गरेको छ।त्यहाँ मंगलबारकै दिन मात्र १५ वटा हारबाट झन्डै २० लाखभन्दा बढीको कारोबार भएको छ।इन्डियन तिलहरीको माग बढ्दो भए पनि पु¥याउन नसकिएको उनले बताए।जुम्लामा रहेका एक दर्जन सुनचाँदी पसलमा मंगलबार निकै भीड लागेको थियो।कम्तीमा पनि एक सुनचाँदी पसलले २० लाखभन्दा माथिको कारोबार गरेका छन्।पछिल्लो समय महिलाको आर्कषण महँगा गहनामा जान थालेपछि सुनको व्यापार ह्वात्तै बढेको चन्दननाथ सुनचाँदी पसलले बताएको छ।चुनचाँदी पसलले दसैंका लागि करोडौंैको सुन आयात गर्ने तयारी गरिरहेका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.