तीजको दिन पशुपतिनाथमा पुरुष निषेध ! (भिडियो)

तीजको दिन पशुपतिनाथमा पुरुष निषेध ! (भिडियो)

काठमाडौं : नेपाली नारीहरुको पवित्र चाड हरितालिका तीजमा पुरुषलाई पशुपति प्रवेशमा रोक लगाइएको छ । महिलालाई सहजरुपमा पशुपतिनाथको दर्शन गराउनपुरुषलाई प्रवेशमा रोक लगाइएको हो ।

बुधबार बिहानै पशुपति दर्शनका लागि महिलाको ठूलो भीड लागेको छ । तोकिएको रुटबाट बन्द गरिए पनि अग्लो बार नाघेरसमेत पुरुषहरु भित्र प्रवेश गरिरहेका देखिन्थे । 

पशुपति परिसरभित्र कन्सर्टसमेत गरिएकाले पुरुषले अग्लो बार नाघेर प्रवेश गरिरहेका हुन् । प्रहरीले मुख्य प्रवेश नाकाबाट पुरुषलाई जान नदिए पनि उनीहरु वैकल्पिक उपाय लगाएर भित्र प्रवेश गरिरहेका थिए । 

तीजको अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले पशुपतिनाथ मन्दिर परिसर भएर चल्ने सवारी साधनका लागि नयाँ रुट व्यवस्था गरेको छ । महाशाखाले बाग्मती करिडोरका केही रुटमा यातायात प्रतिबन्ध लगाएको छ । अन्य क्षेत्रमा पनि निश्चित स्थान तोकेको छ ।

महाशाखाका अनुसार नयाँ बानेश्वर, तीनकुने भएर चक्रपथ परिक्रमा गर्ने सवारी साधनलाई पुरानो बसपार्क, भद्रकाली, माइतीघर बानेश्वर हुँदै सिनामंगलसम्म र त्यही रुट भएर फर्कने व्यवस्था गरिएको छ।

यस्तै, रातोपुल गौशाला हुँदै चावहिल बौद्धतर्फ चल्ने सवारी साधनलाई पुरानो बसपार्क भोटाहिटी, जमल हुँदै लाजिम्पाट, नारायण गोपाल चोकबाट चाबहिल जाने व्यवस्था गरिएको छ।

रातोपलु-गौशाला भएर चल्ने माइक्रो बस र ट्याम्पोलाई रत्नपार्क, भद्रकाली, जमल हुँदै सानो गौचरण, कालोपुल तथा सिफलबाट चल्ने व्यवस्था मिलाइएको छ। नयाँ बानेश्वर हुँदै पुरानो बानेश्वर भएर चल्ने माइक्रोबस र ट्याम्पोहरूलाई पुरानो बानेश्वरबाट सेतोपुल हुँदै करिडोरबाट कालोपुल निस्कने व्यवस्था मिलाइएको छ।

तीनकुने गौशालातर्फ भएर चल्ने मालवाहक सवारी साधनलाई दिनभर रोक लगाइएको छ । यस्तै, नारायणटार पुलबाट करिडोरको बाटो भएर चल्ने सबै मालवाहक सवारीलाई पनि चलाउन रोक लगाइएको छ। पानी ट्याङ्करलाई पनि उक्त रुटमा रोक लगाइएको छ।

पशुपति क्षेत्र विकास कोषले दर्शनार्थी, तीर्थयात्री तथा पर्यटकका लागि तिलगंगामा पार्किङको व्यवस्था गरेको छ। सरकारी सवारीसाधनलाई प्रहरी प्रभाव गौशालामा पार्किङको व्यवस्था गरिएको छ। 

साँझ पाँच बजेसम्ममा तीन लाखभन्दा बढीले पशुपति नाथको दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तीजमा महिलाहरुले विहानैदेखि निराहार बसेर भगवान शिवको पूजाअर्चना गर्छन् ।

ब्रत बसेर भगवान शिवको पूजा गरेमा विवाहित महिलाले पतिको दीर्घायूको लागि र अविवाहितले आफूले चाहेजस्तो वर पाउने मान्यता रहेको छ । साँझ पाँच बजेसम्म पशुपतिमा अत्याधिक भिड छ । पशुपतिका साथै अन्य शिवमन्दिरमा समेत महिलाको भिडभाड नै छ ।

भिडियो


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.