पुजारीको नालीमा डुबेर मृत्यु
दमक : झापाको गौरीगन्जमा नालीमा डुबेर एक पुजारीको मृत्यु भएको छ। गौरीगन्ज गाउँपालिका-२ स्थित बाधगाउँको नालीमा डुबेर देवीप्रसाद ताजपुरियाको मृत्यु भएको हो। झापा शिवसताक्षी नगरपालिका-४ घर भई गौरीगंज गाउँपालिका-२ स्थित बगाह चौधरी भन्ने स्थानमा रहेको महाराजथान मन्दिरको कुटीमा बस्दै आएका ६० वर्षीय ताजपुरीयाको नालामा डुबेको अवस्थामा शव भेटिएको हो।
ताजपुरीया बिहान पुजापाठ गरेर कुटीबाट कोरोबारीतर्फ जाने क्रममा सडकको नालीमा जमेको पानीमा डुबेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीमा खबर गरेका थिए। ताजपुरियाको शव पोष्टमार्टमका लागि दमक अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय गौरीगन्जले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !