विद्यार्थीलाई निको नभएपछि परामर्श शिविर चलाइने

विद्यार्थीलाई निको नभएपछि परामर्श शिविर चलाइने

प्यूठान : अमृत जीवन माध्यमिक विद्यालय नारीकोटका छात्राहरुमा रुने, कराउने समस्या समाधान नभएपछि मनोवैज्ञानिक शिविर संचालन गरिने भएको छ । जिल्लाको दुर्गम क्षेत्रमा पर्ने गौमुखी गाउँपालिका–७ पिपलरुखा स्थित उक्त विद्यालयका १२ जना छात्राहरुमा अझै यस्तो समस्या देखिएको छ । 

आइतबार विद्यालयमा प्रमुख जिल्ला अधिकारीसहित जनप्रतिनिधि, व्यवस्थापन समिति, शिक्षक, अभिभावकहरुको अन्तरक्रियाले छिट्टै परामर्श शिविर संचालन गर्ने निर्णय गरेको हो । ‘यसअघि पनि एक दिनसम्म विद्यार्थीलाई परामर्श गरिएको रहेछ’,स्थलगत पुगेका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले भने,‘चार÷पाँच दिनसम्म परामर्श गर्नुपर्ने देखियो ।’ उनका अनुसार विद्यार्थी र अभिभावकलाई नै राखेर परामर्श गरिने छ । शिविर संचालनका लागि लाग्ने खर्च गाउँपालिकाले व्यवस्थापन गर्ने निर्णय भएको विद्यालयले जनाएको छ । 

‘असार ५ गतेदेखिको समस्या अझै सुल्झिएन’,प्रधानाध्यापक रामचन्द्र गिरीले भने,‘धेरैपटक पुँजापाठ ग¥यौँ । केही गरेपनि समाधान हुन सकेन् ।’ सुुरुमा ४७ जना विद्यार्थीमा यस्तो समस्या देखिएको थियो । जसमध्ये अधिकांश छात्रा छन् । छात्राहरु भूइँमा लडीबुडी गर्ने, छटपटिने र चिच्चाउने गर्छन् । फाट्टफुट्ट देखिएको समस्या विस्तारै धेरै विद्यार्थीमा सरेको हो । उनीहरु घरमा पनि त्यस्तै गर्ने गरेको अभिभावकहरुले बताएका छन् । 

महिनौदेखिको समस्या अझै नसुल्झिएपछि दैनिक पठनपाठन प्रभावित हुने गरेको शिक्षिका विष्णा रोकाले गुनासो गरिन् । ‘राम्रोसँग पढाउने वातावरण बन्न सकेको छैन्’,उनी भन्छिन्,‘निको होला भन्दै तीन महिना बितिसक्यो ।’ यसअघि गाउँमा पुगेको जिल्लाको स्वास्थ्यकर्मीको टोलीले विद्यार्थीहरुमा ‘कनभर्सन डिसअडर’ भएको बताएका थिए । 

सामूहिक रुपमा विद्यार्थीलाई परामर्श दिँदा समस्या अझ बढ्नसक्ने भएकाले अलग÷अलग राखेर परामर्श गर्नुपर्ने स्वास्थ्यकर्मीहरुको सुझाव छ । विद्यालयले विद्यार्थीलाई सम्हाल्न नसकेपछि अभिभावकहरुलाई विद्यालयमै बोलाउने गरिएको छ । अधिकांश ६ देखि १६ वर्ष उमेर समूहका बालबालिकामा यस्तो समस्या छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.