२६ वर्ष पछि कालोपत्रे हुँदै दमक-रबि-चिसापानी सडक

२६ वर्ष पछि कालोपत्रे हुँदै दमक-रबि-चिसापानी सडक

दमक : झापाको सडक सञ्जालअन्र्तगत महत्वकांक्षी योजनाका रुपमा रहेको दमक-रबि-चिसापानी सडकखण्ड कालोपत्रे हुने भएको छ। यो सडकखण्डका लागि २ अर्ब २० करोड रुपैयाँ बजेट छुट्टिने भएसँगै कालोपत्रे बन्ने पक्का भएको हो।

भाद्र २९ गते बसेको मन्त्रीस्तरको बैठकले सडकको बहुवर्षे ठेक्‍का प्रक्रिया तत्काल अघि बढाउनका लागि स्वीकृति प्रदान गरेको सडक उपभोक्ता समितिका अध्यक्ष रेवतराज पुरी गगनले सोमबार दमकमा पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन्।

३४.५ किलोमिटरको यस सडकखण्डमध्ये २५ किलोमिटर सडकखण्डका लागि सो रकम छुट्ट्याइएको अध्यक्ष पुरीले जानकारी दिए। इलामको माङसेबुङदेखि चिसापानीसम्मको २५ किलोमिटर सडकखण्डलाई कालोपत्रे स्तरमा स्तरोन्नती गर्न स्वीकृति प्राप्त भएको उनले बताए। 

झापा र इलामको सिमानादेखि मर्चेबुङसम्मको करिब ७ किलोमिटर सडकखण्ड भने असार मसान्तमा नै ठेक्‍का लागिसकेको छ। पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पुरीले सबै पक्षको पहलमा सडक कालोपत्रे हुन लागेको बताउँदै उनले यस सडकखण्डले पूर्वको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। ' हामीले यसअघि नै ट्रयाक खोलिसकेका थियौं। हाम्रो मुख्य समस्या २५ किलोमिटरको जुन क्षेत्र थियो यसलाई ब्ल्याक टप (कालोपत्रे) गर्न थियो,' उपभोक्ता समितिका अध्यक्ष रेवतराज पुरीले भने, 'हामीसँग पैसा थिएन त्यसैले बहुवर्षे ठेक्‍का निम्ति स्वीकृतिका लागि पहल गरेका थियौं। बजेट आउने सुनिश्चितता भएको छ।'

यस २५ किलोमिटर सडकको कार्य प्रारम्भ मन्त्रालयको लागि बिनियोजित बजेट बाटै व्यवस्थापन गर्ने, आगामी आर्थिक वर्षमा यस कार्यका लागि आवश्यक पर्ने बजेटलाई बजेट छलफलकै क्रममा समाबेस गर्ने र कार्य सम्पादन गर्दा बहुवर्षीय ठेक्‍का बन्दोबस्तसम्बन्धी निर्देशिका-२०७३ अनुसार गर्नुपर्ने पुरीले बताए।   

यस सडकलाई त्रिदेशीय रणनीतिक सडकको रुपमा विस्तार गर्नका लागि पहल भइरहेको समेत उनले बताए। भारतको फत्तेपुर र चिनको घाङलासम्म जोड्ने गरी त्रिदेशीय रणनीतिक मार्ग बनाउनका लागि सम्बन्धित निकायमा प्रस्ताव समेत राखिसकेको पुरीले जानकारी दिए।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पुरीले धेरै लामो समयको कसरत पछि सडक कालोपत्रे हुने भएकोमा सबैलाई पक्षलाई धन्यबाद समेत दिए। झापाको दमकदेखि चिसापानीसम्म जोड्ने यस सडकको झापा र इलामको सिमानादेखि माङसेबुङसम्मको करिब ७ किलोमिटर सडकखण्ड कालोपत्रेका लागि असार मसान्तमा नै २० करोडमा ठेक्‍का लागिसकेको छ।

महालक्ष्मी किराँतेश्वर जेभिले अढाई वर्षमा सम्पन्न गर्ने गरी ठेक्‍का लिएको डिभिजन सडक कार्यालय दमकका प्रमुख राजेशकुमार यादवले बताए। बर्खाको समय भएकोले अहिले काम नभएको तर अब चाँडै सुरु हुने उनको भनाई छ।

अर्थमन्त्रालयले बहुवर्षीय ठेक्‍का लागि स्वीकृति गरेसँगै बाँकी २५ किलोमिटर सडकखण्ड पनि कालोपत्रेका लागि ढोका खुलेको यादवले बताए। यो वर्ष ठेक्‍का तथा संझौतामै जाने उल्लेख गर्दै अर्को वर्षदेखि काम सूचारु हुने यादवले जानकारी दिए। ५ वर्षभित्रमा कालोपत्रे सम्पन्न भइसक्ने बताउँदै उनले अब व्यापार तथा पर्यटकीय हिसाबले समेत यो सडक महत्वकांक्षी बन्ने बताए।

तर, उपभोक्ताको चाहना र आवश्यकताअनुसार सडक बनेपनि भौगोलिक र माटोको बनावटले भने यो सडकखण्ड सहज नभएको यादव बताउँछन्। उनले भने, 'चुरेको फेद हो, स्टेबल सोयल छैन। बेला बेलामा पहिरो गइरहन्छ तर त्यसलाई व्यवस्थापन गर्न सकिन्छ।'

हाल यस सडकखण्डमा ५ वटा पुल रहेका छन्। त्यसमध्ये रतुवा खोलास्थित पुल निर्माण भइसकेको छ भने अन्य ४ वटा निर्माणाधिन अवस्थामा छन्। यसअघि चैतमा प्रदेश नम्बर एकका आर्थिक मामिला तथा विकाश ईन्द्र आङबोले यस सडकखण्डमा रहेका इलामको बाघमारा र घर्ती दोभानमा पुलको शिल्यान्याश गरेका थिए।

बाघमारा र घर्ती दोभानमा पुलको १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी इलामको गजुरमुखी भगवती जेभीले ठेक्‍का लिएको छ। दुबै पुलको ठेक्‍का ५ करोड ९२ लाखमा भएको ठेकेदार निर्मल उप्रेतीले जानकारी दिए । २६ वर्षभन्दा अघिदेखि निर्माण सुरु भए पनि यस सडकले पूर्णता पाएको थिएन। यो सडक निर्माण भए झापादेखि ताप्लेजुङसम्मको यात्रा मेची राजमार्गभन्दा ७० किलोमिटरले छोटो हुने हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.