पूर्व जनमुक्ति सेनाको बन्दले पूर्वको जनजीवन प्रभावित

पूर्व जनमुक्ति सेनाको बन्दले पूर्वको जनजीवन प्रभावित

दमक :  माओवादी पूर्व जनमुक्ति सेना पार्टी नेपालले मंगलबार गरेको एक दिने बन्दका कारण पूर्वको जनजीवन बिहानैबाट प्रभावित भएको छ। बन्दका कारण पूर्वमा यातायातका साधन चल्न सकेका छैनन्। काठमाडौंबाट राति छुटेका लामो दूरीका यातायातका साधन बिहान फाट्टफुट्ट चले पनि अहिले चलेका छैनन्।

काँकरभिट्टा-विराटनगर तथा धरानतर्फ चल्ने छोटो दूरीका यातायातका साधन ठप्प रहेको ट्राफिक प्रहरी कार्यालय दमकका हवल्दार होम आचार्यले जानकारी दिए। बन्दका कारण शैक्षिक संस्था, बजार पसल तथा उद्योगधन्दा समेत प्रभावित भएका छन्। निर्मला पन्तको हत्याराको कारबाही माग र नेकपा विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डको रिहाइको माग गर्दै मंगलबार एक दिन बन्द आव्हान गरेको पार्टीका अध्यक्ष रञ्जित गुरुङद्धारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ।

समाजमा दिन प्रतिदिन बलात्कारका घटना घटिरहँदा राज्यबिहीनको अवस्था सिर्जना भइरहको बताउँदै यस प्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको पार्टीले जनाएको छ। त्यस्तै निर्मला पन्तको बलात्कार पछि हत्या गर्ने दोषीलाई कारबाहीको साटो उल्टै राज्यले नै लुकाउन लागि परेको पार्टीले आरोप लगाएको छ।

त्यस्तै पार्टीले न्यायलयको नै बदनाम गर्ने गरी पटकपटक नेकपा विप्लव समूहका प्रवक्‍ता विश्वकर्मालाई पक्राउको विरोध गरेको छ। विज्ञप्तिमा भनिएको छ- 'राज्यले कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई कारबाही गर्नुको साटो लुकाउन चाहेको प्रष्ट देखिएको छ।

त्यस्तै राज्यले न्यायलयकै बदनाम गर्ने गरी चौथो पटक रिहा भएका बिप्लव निकट नेकपाका प्रवक्‍ता प्रकाण्डलाई पटकपटक गरिरहनुले देशकै सर्वोच्च अंग अदालतको पनि खिल्ली उडाएको देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.