चरिकोटमा सीसी क्यामेरा जडान गरिने

चरिकोटमा सीसी क्यामेरा जडान गरिने

चरिकोट : दोलखा जिल्लाको सदरमुकाम चरिकोटका मुख्य–मुख्य बजार क्षेत्रमामा ५५ वटा सीसी क्यामेरा जडान गरिने भएको छ।

सदरमुकामको शान्ति सुरक्षालाई ध्यानमा राखी मुख्य बजार क्षेत्रमा ५५ वटा क्यामेरा जडान गर्न लागिएको हो। लागत साझेदारीअन्तर्गत भीमेश्वर नगरपालिका, दोलखा उद्योग वाणिज्य संघ तथा वित्तीय संस्थाको साझेदारीमा सीसीक्यामेरा जडान गर्न लागिएको दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीले बताए। सदरमुकाममा हुने अपराध तथा चोरीका घटना निगरानी गर्न तथा सम्बन्धित घटनामा भिडियो प्रमाण संकलन गर्न क्यामेरा जडानले सहयोग गर्ने उनको भनाइ छ।

भीमेश्वर नगरपालिकाका इन्जिनियर सुरेस राउतका अनुसार सातदोबाटोे, चरिघ्याङ, पाटीखोला, नयाँ बसपार्क, बीचबजार, पुरानो बजार, मानेडाँडालगायत ५० भन्दा बढी स्थानमा सीसीक्यामेरा जडान गरिनेछ। जडान गरिएका क्यामेराको सुरक्षा टोल सुधार समितिले गर्ने समझदारी बनेको भीमेश्वर नगरपालिकाले जनाएको छ।

सीसी क्यामेराको कन्ट्रोल रुम भने जिल्ला प्रहरी कार्यालयमा रहनेछ। क्यामेरा जडान कार्यमा करिब ४५ लाख खर्च लाग्ने प्रारम्भिक अनुमान रहेको इन्जिनियर राउतले जानकारी दिए। भीमेश्वर नगरपालिका, दोलखा उद्योग वाणिज्य संघ, वित्तीय संस्थाका प्रतिनिधि तथा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिसहित क्यामेरा जडानका लागि कुल लागतसहितको प्रतिवेदन नगरपालिकासमक्ष बुझाउने तयारी भएको अध्यक्ष कार्कीले बताए।

यसअघि जिल्ला प्रहरी कार्यालयले सदरमुकाम चरिकोटको सातदोबाटोमा जडान गरेको ४ वटा सीसीक्यामेरा ३ महिनादेखि बिग्रिए पनि मर्मत गरेर सञ्चालन गर्न भने सम्बन्धित निकायको ध्यान जान सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.