अछाममा तेजाब खन्याएर काकीले गरिन् भतिजाको हत्या

अछाममा तेजाब खन्याएर काकीले गरिन् भतिजाको हत्या

अछाम : जिल्लाको तुर्माखाँद गाउँपालिका-४ मा ६ महिने बालकको तेजाब खन्याएर हत्या गरिएको छ। स्थानीय गङ्गा बयक र महाबीर बयकका छोरा मुस्कानलाई उनकै काकी जानकी बयकलाई हत्या गरेको आरोप लगाइएको छ। 

यही असोज २ गते बिहान ११ बजेतिर मृतककी आमा भैँसीलाई पानी खुवाउन गएको र फर्किँदा बच्चा बेस्सरी रोइरहेको थियो। बच्चा हेर्न जाँदा उनको आँखा, कान, मुख सबैतिर फोकैफोका आएको थियो।

तत्काल स्वास्थ्यचौकीमा प्राथमिक उपचार पछि बालकलाई जिल्ला अस्पताल मङ्गलसेन पुर्‍याइएको थियो। मङ्गलसेनमा उपचार सम्भव नभएपछि कोहलपुर मेडिकल कलेज लैजाँदै गर्दा बुधबार बालकको बर्दिया राष्ट्रिय निकुञ्जमा मृत्यु भएको अछाम प्रहरीले जनाएको छ। 

मृतक बालकका बुबा महावीरले आफ्नै भाइबुहारी जानकी विरुद्ध तेजाब खन्याइ कर्तव्य ज्यान गरेको भनी जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि निजलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आरोपित महिलाले सो कसुर स्वीकार गरिसकेकी र यसबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख जनकबहादुर शाहीले बताए।रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.