कालिञ्चोकमा डिजिटल प्रविधिबाट शिक्षण

कालिञ्चोकमा डिजिटल प्रविधिबाट शिक्षण

चरिकोट : कालिञ्चोक गाउँपालिकाले चालु आर्थिक वर्षदेखि डिजिटल प्रविधिबाट शिक्षण गराउन सुरु गरेको छ। गाउँपालिकाभित्रका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउँदै सिकाई उपलब्धी दर बढाउन डिजिटल शिक्षण पद्धति सुरु गरिएको हो।

२० वटा सामुदायिक विद्यालयलाई स्मार्ट टिभी, कम्प्युटर तथा शिक्षण सफ्टवेयर खरिद गरी विद्यालयलाई प्रविधिमैत्री बनाउन गाउँपालिकाले सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण हुमागाईंले बताए। त्यसका लागि आवश्यक उपकरण तथा सफ्टवेर खरिद गर्न गाउँपालिकाले आफ्ना सामुदायिक विद्यालयका लागि १५ लाख रकम सहयोग गरेको छ।

व्याख्यात्मक विधिमै सीमित विद्यालयको पठनपाठनमा परिवर्तन ल्याउने उद्देश्यले विद्यालयहरूलाई ३२ इन्चको एक थान स्मार्ट टिभी, एक थान डेस्कटप कम्प्युटर तथा मिदास कम्पनीको इ–लर्निङ कोर्सको सफ्टवेयर उपलब्ध गराइएको हुमागाईंको भनाइ छ।

स्मार्ट टिभी, कम्प्युटर तथा सफ्टवेरको प्रयोग गरी अध्यापन गर्दा विद्यार्थी शिक्षण सिकाई क्रियाकलापमा उत्साहित भएको पाइएको स्रोतव्यक्ति कृष्णप्रसाद मैनालीको भनाइ छ। शिक्षक अनुपस्थित नभएको समयमा पनि विद्यार्थी स्वयंले सिक्न सक्ने भएकाले इ–लर्निङबाट विद्यार्थी लाभान्वित हुने आशा गाउँपालिकाले गरेको उपाध्यक्ष कालिका पाठकले बताइन्।

हाल पहिलो चरणमा गाउँपालिकाका २० सामुदायिक विद्यालयमा बाल कक्षादेखि दुई कक्षासम्म डिजिटल कक्षा सञ्चालन गरिएको छ । कम्प्युटर तथा आवश्यक उपकरण भएका सामुदायिक विद्यालयलाई भने सफ्टवेयर मात्र उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकामा ५१ सामुदायिक विद्यालय छन्। गाउँपालिकाले अघिल्लो शैक्षिक सत्रबाटै आधारभूत तहमा अंग्रेजी भाषाबाट पठनपाठन अनिवार्य गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.