पशु विशेषज्ञ सेवाबाट किसान वञ्चित

पशु विशेषज्ञ सेवाबाट किसान वञ्चित

प्यूठान : प्यूठान नगरपालिका-८ बाग्दुलाका पशुपालक किसान कुलराज न्यौपानेले यसअघि गाईभैंसीमा लाग्ने रोगसम्वन्धी जिल्लाबाट विशेषज्ञ सेवा लिन्थे। झिमरुक गाइभैंसी विकास फर्मका सञ्चालक न्यौपानेले १२ वटा गाई पालेका छन्। यो साता एउटा गाई चार दिनसम्म नउठ्ने गरी ढल्यो।

विरामी गाईको उपचार गर्न पशु चिकित्सक नपाएपछि गाई मर्‍यो। 'जिल्ला पशुसेवा कार्यालय हुँदा पशु चिकित्सकले जाँच गर्थे। रोग पत्ता लाग्थ्यो, न्यौपानेले भने, 'औषधी खुवाएपछि वस्तु ठिक हुन्थ्यो। पछिल्लो समय त्यस्तो सेवा पाउन सकिएन।'

स्थानीय सरकार आएपछि आफूले पशुपालनसम्वन्धी विशेषज्ञ सेवा लिन नसकेको उनको गुनासो छ। जिल्लाबाट दिँदै आएको विशेषज्ञ सेवा लिन दाङ, बुटवल जानुपर्ने बाध्यता छ। जिल्लाका किसानले त्यस्ता समस्या झल्न बाध्य भएका छन्। व्यवसायीक रुपमा पशुपालनमा लागेका किसानले सेवा पाउन सकेका छैनन्। पछिल्लो समय गाउँगाउँमा व्यवसायीक रुपमा गाईभैंसी, बाख्रा, कुखुरा, बंगुर पाल्ने किसानको संख्या बढ्दो छ तर पशु चिकित्सक सेवा भने टाढिएको छ।

मल्लरानी गाउँपालिका-३ बर्वोटका विष्णु पौडेलले पालेका ढाईसय कुखुरा रोग पत्ता नलाग्दै मरे। डेढ महिना अघिदेखि उनले चुजाँठाटी बजारमा फर्म संचालन गरेका छन्। 'पाँचसय कुखुरा पालेको थिएँ', उनले भने, 'आधा मरे। के रोग लाग्यो भन्ने नै थाहा भएन। पहिलो लटमै निराश बनायो।' ३२ वर्षीय पौडेलले कुखुरापालनलाई ठूलो भोलुममा सञ्चालन गर्ने सोच बनाएका थिए। तर, कुखुरा मरेपछि उनको उत्साहमा कमी भएको छ।

स्थानीय तह पुनःसंरचनासँगै जिल्ला पशुसेवा कार्यालय खारेज भएपछि किसान सेवाबाट वञ्चित भएका हुन्। 

स्थानीय तह पुनःसंरचनासँगै जिल्ला पशुसेवा कार्यालय खारेज भएको हो। यसअघि जिल्लामा पशुविकास अधिकृत डा. शरणकुमार पाण्डे र पशुविकास अधिकृत डा. खिमानन्द खनालसहितको टोलीले विशेषज्ञ सेवा दिँदै आएका थिए। कार्यालय खारेज भएपछि किसानले सेवा पाउन सकेका छैनन्।

पहिलेकै सेवा उचित भएको किसानको भनाइ छ। व्यवसायीक रुपमा पशुपालनमा लागेका किसानलाई स्थानीय सरकारले सेवा दिन नसकेको गुनासो बढीरहेको छ। हाल जिल्लाभर सयौंको संख्यामा व्यवसायीक फर्म सञ्चालनमा छन्।

पशुमा लागेको रोग पत्ता लगाउने अत्याधुनिक भेटेरीनरी प्रयोगशाला जनशक्तिको अभावले साविकको जिल्ला पशुसेवा कार्यालय खलंगामा प्रयोग विहिन छ। दश लाख रुपैयाँ खर्चेर खरिद गरिएको प्रयोगशाला कोठामा ताल्चा लगाइएको छ। कार्यालयमा हाल पशु स्वास्थ्य प्राविधिक बसुदेव श्रेष्ठ मात्र छन्।

पशु अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दाङले सम्पर्क कार्यालय स्थापना गर्ने भनेर व्यानर राखेको श्रेष्ठले बताए। 'विज्ञ केन्द्रको सम्पर्क कार्यालय कसरी सञ्चालन हुने भन्ने कुनै जानकारी छैन्', उनले भने, 'अन्यौलमा वर्षदिन वित्यो।'

जिल्लाका कुनै पनि स्थानीय तहमा विशेषज्ञ पशु चिकित्सकको दरवन्दी छैन्। स्वर्गद्धारी नगरपालिकामा पशु चिकित्सक बावुराम न्यौपाने र प्यूठान नगरपालिकामा पुष्कर आचार्य कार्यरत भए पनि विशेषज्ञता छैन। जिल्लामा चिकित्सकसहितको टोली सञ्चालन गर्न पहल भइरहेको प्यूठान नगरप्रमुख अर्जुनकुमार कक्षपतीले जानकारी दिएका छन्। प्रदेश ५ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्यूठानसहित बर्दिया र रुकुममा चिकित्सकसहितको टोली सञ्चालन गर्ने आश्वासन दिएको कक्षपतीले बताए। 'मन्त्रीले जिल्लामा भएका उपकरहण कतै नपठाउन भन्नुभएको छ', उनले भने, 'सेवाका लागि हामीले मन्त्रालयमै पुगेर माग राखेका छौँ। जिल्लाबासीलाई सेवा लिनबाट बञ्चित गराउदैनौँ।'

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.