चुनौती बन्यो सहरको फोहोर व्यवस्थापन

चुनौती बन्यो सहरको फोहोर व्यवस्थापन

काठमाडौं : पछिल्लो समयमा फोहोरमैला व्यवस्थापन सहरको प्रमुख चुनौतीका रूपमा देखिन थालेको छ । विश्व बसोवास दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा नेपालका २ सय ९३ वटा नगरपालिकाको सहरी क्षेत्रमा चुनौतीका रूपमा रहेको फोहोरमैलाको उचित र वैज्ञानिक किसिमले व्यवस्थापन गर्न संघ, प्रदेश र स्थानीय तहले सहकार्य गरेर अघि बढ्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

संविधानले स्थानीय तहलाई फोहोरमैला व्यवस्थापनको जिम्मा दिए पनि उनीहरू एक्लैले गर्न सकेका छैनन् । सहरी विकास मन्त्रालयले स्थानीय तहसँग फोहोर व्यवस्थापनमा सहकार्य गर्न तयार रहेको बताएको छ ।

स्थानीय तहसँग फोहोरमैला व्यवस्थापन मन्त्रालयमा सहकार्य गर्न तयार रहेको सहरी विकासमन्त्री मो. इस्तियाक राईको भनाइ छ । मन्त्रालयले दिएको रकमबाट सडक र ढलका साथै फोहोरमैला व्यवस्थापन गर्न उनले स्थानीय निकायलाई निर्देशनसमेत दिए । त्यसका लागि चालू आर्थिक वर्षमा नगरपालिकालाई २ अर्ब लगानी गर्न लागिएको पनि उनले जानकारी दिए ।

नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्यन्जुले नयाँ सहरका रूपमा विकास हुँदै गएका नगरपालिकामा फोहोरमैला व्यवस्था ठूलो समस्या हुँदै गएको बताए । सबै नगरपालिकामा पैसा छरेर उपलब्धि नहुने र क्रमबद्ध रूपमा नगरपालिकालाई सफा बनाउने अभियान सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।

फोहोरलाई मोहरमा परिणत गर्नुपर्ने मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले बताए । फोहोर व्यवस्थापनको केन्द्रीय निकाय फोहोरमैला स्रोत तथा परिचालन केन्द्र खारेज गरिएकोमा उनले असन्तुष्टिसमेत व्यक्त गरे । माफिया हाबी भएर केन्द्र खारेज गरिए पनि त्यो सञ्चालन हुनुपर्ने उनको भनाइ छ । यूएन ह्याबिट्यासका कार्यक्रम प्रबन्धक पद्मसुन्दर जोशीले ई–वेस्ट पनि नेपालमा समस्या बन्दै गएको बताए ।

‘सहरी फोहोरमैला व्यवस्थापन’ भन्ने नाराका साथ विश्व बसोवास दिवसको नारा २०७५ मनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.