विकास आफैं गर्नुपर्छ भन्‍ने सिकेर अाएँ : मुख्यमन्त्री गुरुङ

विकास आफैं गर्नुपर्छ भन्‍ने सिकेर अाएँ : मुख्यमन्त्री गुरुङ

पोखरा : साताव्यापी चीन भ्रमण सकेर गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ मंगलबार पोखरा फर्किएका छन्। ९ असोजमा काठमाडौंबाट उडेका मुख्यमन्त्री गुरुङ चीनको हाइनान् प्रान्तको ५ दिने भ्रमण सकेर सोमबार राति काठमाडौं आएका थिए। मंगलबार दिउँसो पोखरा आइपुगेका उनले नोभेम्बरमा गण्डकी र हाइनान्बीच मितेरीसम्बन्ध गाँस्ने सहमति भएको जानकारी दिए।

गण्डकीको राजधानी पोखरा र हाइनान्को राजधानी हाइकावोबीच भगिनीसम्बन्ध गाँस्ने सहमति भएको उनले बताए। ‘मैले केही ल्याइनँ। पैसा पनि मागिनँ’, मुख्यमन्त्री गुरुङले पोखरा विमानस्थलमा भने, ‘गण्डकी प्रदेशको अवस्थाबारे जानकारी गराएँ। हाम्रो प्रदेशको विकास हामी आफैंले गर्नुपर्छ भन्ने सिकेर आएँ।’  उनले चीनको हाइनानले मागेर नभई आफैंले विकास गरेको सुनाए। तर केन्द्रले सहयोग गरेको उनको भनाइ थियो। ‘देङसिआओपिङले चीनमा ४ वटा विशेष आर्थिक क्षेत्र खोल्दा एउटा हाइनानको सान्यामा खोलेका थिए’, उनले भने, ‘केन्द्रले पनि प्राथमिकता दिएको थियो।’

राजनीतिक स्थिरता र केन्द्रसँगको मिलेमतोमा हाइनानले विकास गरेको उनको भनाइ थियो। गण्डकी प्रदेशमा प्राविधिक विश्वविद्यालय खोल्ने योजना सुनाएको र त्यसमा प्राविधिक सहयोग चिनियाँले दिने सहमति भएको मुख्यमन्त्रीले जानकारी दिए। नेपाली विद्यार्थीलाई चीनमा छात्रवृत्ति दिनेबारे पनि सहमति भएको मुख्यमन्त्री गुरुङले सुनाए।

आफूले सहयोग नमागेको जानकारी दिँदै मुख्यमन्त्रीले हाइनान प्रान्तले पनि नमागी आफैं आत्मनिर्भर हुँदै आएको बताए। ‘आफ्नो परिस्थिति हेरेर विकास गर्नुपर्दाेरहेछ’, उनले भने, ‘अर्काको नक्कल गरेर नहुँदोरहेछ।’ गण्डकीको प्राथमिकता पर्यटन, ऊर्जा, पूर्वाधार हो भन्ने जानकारी दिँदा चिनियाँ पर्यटन र ऊर्जामा लगानी गर्न इच्छुक देखिएको मुख्यमन्त्रीले बताए। चिनियाँले सरकार-सरकार, व्यवसायी-व्यवसायी र जनता-जनताबीचको सम्बन्ध बनाउँदै जान चाहेको र त्यसअनुसार सम्बन्ध बन्दै जाने विश्वास मुख्यमन्त्रीले व्यक्त गरे।

अग्र्यानिक खेती, औषधी व्यवसाय र उद्योग कारखानामा पनि चिनियाँ रुचि देखिएको उनको भनाइ थियो। कतिपय चिनियाँलाई नेपाल संघीयतामा गई प्रादेशिक संरचना बनिसकेकोबारे थाहा नभएको पनि मुख्यमन्त्रीले सुनाए। त्यसबारे जानकारी गराएको भन्दै उनले भने, ‘विदेशीले प्रदेश संरचनालाई मान्यता दिएको पहिलो भ्रमण भएकाले उपलब्धि मानेको छु।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.