पुर्वखोलामा डुबेर एकको मृत्यु
तानसेन : रम्भा गाउँपालिका–५ फुरुङदीस्थित पुर्वखोलामा डुबेर एकजनाको मृत्यु भएको छ ।
खोलामा डुबेर ४९ वर्षीय नाम बहादुर ठाडाको मृत्यु भएको छ । स्थानीयका अनुसार माछा मार्ने क्रममा ठाडाको डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले भने घटनाको प्रकृतिका आधारमा मृर्गी रोगको कारण ढुङ्गामा चिप्लिएर खोलामा डुबेको हुनसक्ने बताएको छ।