हाइब्रिड धानमा कालोपोकेको प्रकोप

हाइब्रिड धानमा कालोपोकेको प्रकोप

जाजरकोट : कालेगाउँमा कालोपोके रोगले धानबालीमा क्षति गरेको छ। भित्र्याउने समयमा धानबाली रोगले सखाप पारेपाछि कृषक मर्कामा परेका छन्। धेरै आम्दानीको आशमा कृषकले नयाँ यूएस ३१२ हाइब्रिड जातको धान खेती गरेका थिए। धान खेतीबाट जीविका चलाउँदै आएका कालेगाउँका कृषक धान भित्र्याउने समयमा निरास बनेका छन्।

खेतवारीमा लगाएको धानबाली कालोपोके रोगले सखाप पारेपछि किसान चिन्तामा परेका छन्। ‘रोग लागेर धानबाली नष्ट भएको छ। पसाएर गेडा लागेको धानको बाला र गेडामा कालो ढुसी लागेर नस्ट गरेको छ। दुःख गरेर लगाएको धानबाली भित्र्याउने बेला रोगले नष्ट गरेको छ’, कृषक नरबहादुर बस्नेतले भने, ‘ वर्षभरी खाने धान सबै सखाप भयो, अब १४ जनाको परिवार कसरी पालुँ ? ’

कालेगाउँभरी लगाएको धानबाली रोगले सखाप पारेपछि कृषक मर्कामा परेका छन्। जिल्लाको होलुखोला र कालेगाउँमा अत्यधिक धान उत्पादन हुने गर्छ। उत्पादन गरेर भित्र्याउने समयमा रोग लागेपछि कृषक निरास भएका छन्। दाना लाग्ने समयमा रोगको संक्रमण भएपछि धान खेती नष्ट भएको अर्का कृषक दलबहादुर खत्रीले बताए।

जिल्ला कृषि अनुसन्धान केन्द्र जाजरकोटले खाद्यान्न बालीमा लाग्ने धानको कालोपोके रोग भएको जनाएको छ। उक्त रोगको उपचार नभएको बताएको छ। हाइब्रिड जातको धानमा बीउको माध्यमबाट कालोपोके रोग फैलने गरेको कृषि प्राविधिक टोपबहादुर विकले बताए। बीउ लगाउनुपूर्व विषादी हालेर पानीमा भिजाउनुपर्ने हुन्छ, तर कृषकले सिधै लगाउँदा समस्या आएको विकको भनाइ छ।

रेसिसेन्स भन्ने रोगको जीवाणुले कर्णशंकर जातसँग लड्नसक्ने क्षमता कम हुने हुँदा यसले हाइब्रिड जातमा बढी फैलने गर्छ। यो हावाको माध्यमबाट अन्य स्थानमा फैलिँदै जाने गर्छ। यसले स्थानीय धानको जातलाई भने क्षति गर्न नसक्ने बताइएको छ।

कालेगाउँका ५० घरपरिवारको ३० हेक्टर बढी खेतबारीमा खेती गरिएको धानबाली नष्ट गरेको छ। यसलाई स्थानीय भाषामा कुकाँ नामले चिनिने उक्त रोग कालेगाउँमा पहिलो पटक देखापरेको हो। रोग नियन्त्रणका लागि कुनै प्रयास नरहेको हो। रोगले ६५ प्रतिशत धानमा क्षति गरेको छ। प्रमुख बालीका रूपमा रहेको धान रोगले सखाप बनाएपछि कृषक मर्कामा परेका छन्।

मकै तथा तरकारी खेती छाडेर गाउभरी धान खेती गरिएको छ। कृषकले धान लगाउँदा कृषि अनुसन्धान केन्द्रले सिफारिस गरेको धानको बीउ लगाउनुपर्ने हुन्छ। कृषकले आफूखुसी धानको बीउ लगाउँदा विभिन्न रोगको संक्रमण बढ्दै गएको कृषि प्राविधिक विकले बताए। रोग लाग्नुभन्दा पहिले रोग नियन्त्रणको उपाय अपनाउनुपर्ने कृषि प्राविधिक विकको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.